एनबी इन्स्योरेन्सले कति बढायो कमाई ? यस्तो आयो विबरण

Feb 05, 2017 Merolagani

एनबी इन्स्योरेन्स (NBIL) ले गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको त्रैमासमा डेढ सय प्रतिशतभन्दा बढीले कमाई सुधार गरेको वित्तीय विबरण निकालेको छ । इन्स्योरेन्सले समिक्षा अवधिमा चुक्ता पूँजी पनि २४ करोड ४९ लाखबाट २७ करोड पुर्याउँदै कमाईमा उल्लेख्य सुधार गरेको हो ।

गत आर्थिक वर्षको छ महिनाको अवधिमा एक करोड ३१ लाख ५४ हजार रुपैंया खुद नाफा कमाएको इन्स्योरेन्सले यस पटक पुस मसान्तसम्ममा तीन करोड १२ लाख १० हजार रुपैंया खुद नाफा कमाएको हो । छ करोड सात लाख ५६ हजार रुपैंयाको जगेडाको षलाई समिक्षा अवधिमा नौ करोड ३५ लाख ४० हजार रुपैंया पुर्याएको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २३ रुपैंया १२ पैसा छ ।

१४ करोड ७३ लाख ९४ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरी दुई करोड सात लाख दुई हजार रुपैंयाको बीमा दाबी भुक्तानी गरेको इन्स्योरेन्सले ३३ करोड एक हजार ९५ लाख रुपैंया कुल बीमाशुल्क आर्जन गरेको छ ।

नौ करोड २० लाख ८० हजार रुपैंया बीमा दबी भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सको अभिकर्ता कमिशन, व्यवस्थापन खर्च उल्लेख्य मात्रामा बढ्दा पनि कमाई बढ्नुले अब सुद्धिढिकरणको बाटो समातेको देखिन्छ । छ करोड ७५ लाख २१ हजार रुपैंयाको बीमा कोष बनाएको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ एक सय छ रुपैंया ६७ पैसा तथा मूल्य आम्दानी अनुपात ४३ दशमलव ५५ गुणा बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।