लक्ष्मी दाहिना पारेपछि महालक्ष्मीको खुद नाफा १५८ प्रतिशत बढ्यो

Feb 05, 2017 merolagani

महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिदार्थ फाइनान्स गाभिएर बनेको राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक (MLBL)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा गत बर्षभन्दा १५८.२० प्रतिशतले वृद्धि गरेको छ । गत बर्ष बैंकले चार करोड ९८ लाख रुपैँया खुद नाफा कमाएकामा बैंकले यो बर्ष १२ करोड ८७ लाख रुपैँया खुद नाफा कमाएको हो । गत वर्ष एउटा मात्र संस्थाको कमाई भए पनि अहिले तीन संस्थाको कमाईले धेरै कमाई भएको हो ।

बैंकको पूँजी वृद्धि, निक्षेप संकलन, कर्जा परिचालन,र कुशल व्यवस्थापनले समग्र परिसुचक ह्वात्तै बढुन सघाउ पुगेको हो । बैंकको खुद व्याज आम्दानी आठ करोड ९० लाख रुपैंयाबाट बढेर ३० करोड ९८ लाख रुपैंया पुगेको छ । बैंकको सञ्चालन नाफा समेत पाँच करोड १३ लाख रुपैँयाबाट बढेर २० करोड सात लाख रुपैँया पुगेको छ । बैंकको खुद व्याज आम्दानी २४७.८० प्रतिशत र सञ्चालन नाफा २९०.९६ प्रतिशतले बढेको छ ।

बैंकले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा प्रकाशित गरेको अपरिष्किृत वित्तीय विवरण अनुसार एक अर्ब १५ करोड ६२ लाख रुपैँया चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७० करोड २७ लाख रुपैँया संचित रहेको छ । बैंकको गत बर्ष २४ करोड २५ लाख चुक्तापूँजी तथा १७ करोड ५९ लाख रुपैँया जगेडाकोषमा रहेको थियो ।

समिक्षा अवधिमा बैंकले ११ अर्ब ७८ करोड ३३ लाख रुपैँया निक्षेप संकलन गरि ९ अर्ब ८८ करोड नौं लाख रुपैँया कर्जा प्रवाह गरेको छ । गत बर्ष बैंकले क्रमश तीन अर्ब ५८ करोड निक्षेप तथा दुई अर्ब ८० करोड कर्जा परिचालन गरेको थियो ।

मर्जरका कारण बैंकको निष्कृय कर्जा अनुपात भने दुई दशमलव ५१ प्रतिशतबाट बढेर चार दशमलव ४१ प्रतिशतमा उक्लेको छ । प्रतिशेयर आम्दानी २२ रुपैँया २६ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैँया ७८ पैसा रहेको छ । अन्य सुचकमा पूजीकोष अनुपात १६.९९ प्रतिशत तथा मूल्य आम्दानी अनुपात १२.५८ गुणा रहेको छ । बैंकको प्रतिकित्ता शेयर आईतबार नेप्सेमा २२५ रुपैँया हाराहारीमा कारोबार भएको छ ।

यस्तो छ महालक्ष्मी विकास बैंकको पूँजी वृद्धि योजना

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।