गुहेश्वरी मर्चेन्टको खुद नाफा कति ? यसरी गर्दैछ प्रगति

Feb 05, 2017 merolagani

चालु आर्थिक बर्षको छ महिनाको अवधिमा गुहेश्वरी मर्चेन्ट फाईनान्स (GMFIL)  ले गत बर्ष भन्दा ४६.३६ प्रतिशतले खुद नाफा बढाएको छ । बर्षको छ महिनामा दुई करोड २० लाख रहेको नाफा यो बर्ष तीन करोड २२ लाख रुपैँयामा पुगेको हो । 

समिक्षा अवधिमा फाईनाइन्सले ब्याज आम्दानी ७३.५४ प्रतिशतले वृद्धि गरि पाँच करोड ५० लाख रुपैँया आर्जन गरेको छ भने सञ्चालन नाफा चार करोड ९७ लाख रुपैँया कमाएको छ । फाईनाईन्सले सञ्चालन नाफा समेत ७५.८९ प्रतिशतले बढाएको हो ।

चालु आ.ब. को छ महिना अवधिमा कम्पनीले दुई अर्ब ३२ करोड ८४ लाख रुपैँया निक्षेप संकलन गरि एक अर्ब ८८ करोड १६ लाख रुपैँयाको कर्जा प्रवाह गरेको छ । गत बर्ष फाईनाईन्सले एक अर्ब ५५ करोड ६६ लाख रुपैँया निक्षेप संकलन र एक अर्ब ४४ लाख कर्जा परिचालन गरेको थियो ।

४३ करोड ७७ लाख रुपैंया चुक्ता पूँजी रहेको कम्पनीले यस अवधिमा १४ करोड ४० लाख रुपैंया पूँजी बढाएको देखिन्छ । जसको जगेडा कोष ९० प्रतिशतले बढेर १५ करोड ९८ लाख रुपैँया सञ्चित हुन पुगेको छ ।

यस अवधिमा फाईनाइन्सको खराब २.२९ बाट घटेर शुन्य दशमलव ७६ प्रतिशतमा कायम भएको छ । प्रतिशेयर आम्दानी १४.७१ रुपैँया, प्रतिशेयर नेटवर्थ १३६.५२ रुपैँया,र मूल्य आम्दानी अनुपात १५.२३ गुणा रहेको फाईनाईन्सले केहि समय अगाडि बेचेको हकप्रदलाई समेत १२ प्रतिशत बोनस प्रदान गर्ने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।