एक जनाले १० दशमलव ८७ कित्ता सेयर पाएकोमा बाँकी छ हजार सात सय ६२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । बैंकले पुस १० गतेदेखि निष्काशन गरेको उक्त सेयरका लागि ५७ हजारभन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ । यस आधारमा बैंकको सेयरमा आवेदन गरेका झण्डै ५१ हजार हजार जनाले बैंकको सेयर पाउने छैनन् । बैंकले बाँडफाँड गरेको एफपिओको नतिजा ........
एसबिआई बैंकको एफपिओमा तपाईलाई सेयर पर्यो कि परेन ? नतिजा यसरी हेर्नुहोस्
बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार ७ सय ६७ कित्ता एफपीओ पुस १० देखि १३ गतेसम्म निष्काशन गरेको थियो । बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०ः३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गरेको हो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी ६ करोड बढी रकमको प्रिमियम जगेडा कोषमा जम्मा हुनेछ ।