मुक्तिनाथले लिलाम गरेको शेयर कसले कति मूल्यमा सकार्यो ?

Feb 05, 2017 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL)ले संस्थापक र सर्बसाधारण गरी लिलाम गरेको एक लाख १३ हजार छ सय ६० कित्ता शेयर एक सय ४५ जनाले सकारेका छन् । बैंकको सेयर नितष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले दिएको जानकारी अनुसार चार सय ३६ जनाले उक्त सेयरका लागि आवेदन गरेकोमा एक सय ४५ जनालाई मात्र सेयर बाँडफाँड गरिएको हो ।

लिलाममा राखिएको सर्वसाधारण समूहतर्फको एक लाख तीन हजार एक सय ६७ कित्ता सेयरका लागि ६१३ जनाले आवेदन गरेकोमा एक सय ४२ जनालाई सेयर बाँडफाँड गरिएको छ । न्युनतम छ सय १३ रुपैंयासम्मका आवेदकले मात्र बैंकको सेयर पाएका छन् । लिलाममा सारखएको सेयरका लागि अधिकतम सात सय ३५ रुपैंयासम्मको आवेदन परेको छ । यस आधारमा बैंकको साधारण सेयर न्युनतम ४३१ रुपैँयादेखि अधिकतम ७३५ रुपैँयासम्ममा १४२ जनाले सकारेका हुन् ।

त्यस्तै १० हजार चार सय ९३ कित्ता संस्थापक सेयरको बोलकबोलमा पाँच जनाले आवेदन गरेकोमा ३ जनाले बैंकको शेयर सकारेका छन् । संस्थापक सेयरमा न्युनतम ३ सय एक रुपैँयादेखि अधिकतम चार सय ५१ रुपैंयासम्मका आवेदकले सेयर सकार्ने मौका पाएका हुन् । नेपाल स्टक एक्सचेञ्जमा आईतबार बैंकको प्रतिकित्ता सेयर ७२५ रुपैँयामा कारोबार भएको छ ।

बैंकले असोज २१ देखि कात्तिक २५ गतेसम्म निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा बिक्री नभएको उक्त परिमाणको सेयर लिलामीमा राखेको थियो । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैंकले २२ करोड नाफा कमाएको बैंकको चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैंया रहेको छ ।

निक्षेप १४ अर्ब तथा कर्जा प्रवाह १३ अर्ब नघाएको बैंकको निस्क्रिय कर्जा अनुपात ०।१८ प्रतिशत रहेको छ । चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याउन उसले ४० प्रतिशत हकप्रद बिक्रीमा ल्याउने प्रकृया अघि बढाईसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।