कृषि बिकास बैंकले सीसीडी ८३ प्रतिशत पुर्याउँदा राष्ट्र बैंकले गर्ला त कारबाही ?

Feb 06, 2017 Merolagani

तरलता संकटले च्याप्दै गर्दा सरकारी स्वामित्व धेरै भएको कृषि बिकास बैंक(ADBL)कै कर्जा -पूँजी- निक्षेप अनुपात अर्थात सीसीडी रेसियो राष्ट्र बैंकले तोकेको सिमा नाघेको पुष्टि भएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक बित्तीय बिबरणमा सीसीडी रेसियो ८२.९७ प्रतिशत नाघेर राष्ट्र बैंकले तोकेको भन्दा धेरै माथि पुगेको देखाईएको छ ।

राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशत भन्दा तल हुनुपर्ने सिमा निर्धारण गरी त्यो ननाघ्ने गरी कर्जा परिचालन गर्न निर्देशन गर्दै आएको छ । सरकारी बैंकले नै सिमा नाघेपछि अब राष्ट्र बैंकले कारबाही गर्छ कि आफ्नो निर्देशन सच्याउन तिर लाग्छ भन्ने चासो उत्पन्न भएको छ ।

बैंकहरुले सिमा नाघी कर्जा बिस्तार गर्दा अहिले तरलता संकट गहिरिएको छ ।
कृषि बिकास बैंकले गत बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अबधिमा खुद नाफा बढोत्तरी र निस्क्रिय कर्जा असुलीमा उल्लेखनीय प्रगति गरेको छ तर निक्षेप संकलनमा मन्द प्रगति र कर्जा परिचालनमा २८ प्रतिशतको बृद्धि हुँदा अहिले लगानीयोग्य रकमको चरम अभाव भएको देखिन्छ ।

सरकारी बैंककै यो हालत हुनुले बित्त बजारमा तरलता संकट निकै गहिरिएको पुष्टि हुन्छ । यसलाई समाधान गर्न केन्द्रीय बैंकले तत्काल ठोस कदम चाल्नु अपरिहार्य बनेको छ ।  

सीसीडी भन्नाले बैंक तथा बित्तीय संस्थाले १०० रुपैयाँ निक्षेप संकलन गरेको छ भने त्यसमा ८० रुपैयाँ मात्र लगानीयोग्य रकम मानिन्छ र सो मात्र कर्जा दिन प्रयोग गर्न पाउँछ । 

कृषि बिकास बैंकले ब्यवस्थापकीय बिश्लेषणमा बिप्रेषण आप्रबाह घटेको, क्रमशः तरलता संकट गहिरिएर निक्षेप ब्याज दर महंगो भएको लगायतका कारणहरुले आफुमा चुनौति थपिएको जनाएको छ ।

कृषि बिकास बैंकले तरलता अनुपात २१ प्रतिशत देखाएकाले निक्षेपको भुक्तानी गर्ने रकम नभएको चाँही भन्न नमिल्ला तर एक सुका पनि कर्जा दिन सक्दैन मात्रै हैन, तत्कालै ठूलो कर्जा असुली र निक्षेप बढाउने उपाय नखोजे उसलाई भयानक संकटले नघेर्ला भन्न सकिन्न । 

हेर्नुहोस् प्रगति बिबरण

रकमलाई करोडमा देखाईएको छ ।

सीसीडी मै असर परेपछि जगेडा कोष र नेपाल सरकारको अग्राधिकार सेयर वापतको रकम सित्तैमा चलाउँन पाउँदाको फाईदा मात्र हेरेर बस्ने अबस्था अब उसलाई देखिन्न ।

कर्मचारी र संचालन खर्च अधिक मात्रामा बढ्न गएको देखिन्छ, जसले २५० शाखा संजाल रहेको कृषि बिकास बैंकलाई आम्दानी अरु बढाउनु पर्ने बाध्यता देखाउँछ ।

बैंकले गत बर्ष निर्णय गरी ५० प्रतिशत हकप्रद बिक्री गरेको र यस बर्ष २० प्रतिशत बोनस बितरण गर्न बाँकी नै रहेको अबस्थामा त्यो समेत समायोजित हुँदा प्रतिसेयर आम्दानीलाई सन्तुलनमा राख्न धेरै कसरत गर्नुपर्ने देखिन्छ । अहिले देखाईएको साधारण चुक्ता पूँजीमा सरकारले अग्राधिकार सेयर साधारणतर्फ राखेको एक अर्ब थपिएको मात्रै हो । यद्यपी ब्याज आम्दानी ५५, संचालन नाफा १६१ र खुद नाफालाई गत बर्षको दोस्रो त्रैमासको तुलनामा १३६ प्रतिशतले बढाउनु कृषि बिकास बैंकको चानचुने प्रगति हैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।