सिद्धार्थ बैंकको लिलाममा सेयर नपरेकाहरुको पैसा बैंक खातामा

Feb 06, 2017 merolagani

सिद्धार्थ बैंक (SBL) को शेयर लिलामीमा आवेदन गरेका लगानीकर्तालाई शेयर नपरेको रकम माघ २६ गते बुधबार सम्बन्धित लगानीकर्ताको बैंक खातामा नै फिर्ता गर्ने भएको छ । यसै बिच युनाईटेड फाईनाइन्स (UFL) ले २५ प्रतिशत हकप्रद शेयरको प्रमाणपत्र सोमबारबाट वितरण गर्न थालेको छ ।

बैंकले एक लाख ५८ हजार पाँच सय १७ कित्ता शेयरमा माघ ११ देखि १७ गतेसम्म बोलपत्र आवेदन लिएर १८ गते बोलपत्र खोली १९ गते बाँडफाँड गरेको थियो । बोलकबोल मार्फत शेयर प्राप्त गरेका लगानीकर्तालाई सुचिकरण पश्चात लगानीकर्ताको डिम्याट खातामा नै सेयर पठाइने बताएको छ ।

उता युनाईटेड फाईनाइन्सले कुल ११ लाख ५९ हजार ८३६ कित्त्ता हकप्रदको प्रमाणपत्र बितरण सुरु गरेको छ । फाईनाइन्सले हकप्रद प्रमाणपत्र संकलन गर्न हकप्रद भरेको अर्धकट्टी र आधिकारिक परिचयपत्र सहित सम्पर्क राख्न सुचित गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।