नेशनल लाईफ इन्स्योरेन्सले चाल्यो शतप्रतिशत हकप्रद निष्काशनको कदम

Feb 06, 2017 merolagani

नेशनल लाईफ इन्स्योरेन्सले  एक बराबर हकप्रद निष्काशन गर्न एनआईबिएल क्यापिटललाई शेयर बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

इन्स्योरेन्स कम्पनीले एक सय रुपैँया अंकित मूल्यका एक करोड ३२ लाख ४८ हजार ६३७ कित्ता हकप्रद निष्काशन गर्ने भएको हो । इन्स्योरेन्सको मंसिर २९ गते सम्पन्न २८ औ साधारणसभाले शेयरधनीलाई शतप्रतिशत हकप्रद निष्काशन सँगै ३० प्रतिशत बोनस गर्ने प्रस्ताब पारित गरेको थियो । शत प्रतिशत हकप्रदपछि उसको चुक्ता पूँजी दुई अर्ब ६४ करोड पुग्ने छ । 

जीवन बिमा क्षेत्रमा दोस्रो बरियतामा रहेको मानिने नेशनल लाईफ इन्स्योरेन्सको चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म जीबनबीमा कोष १५ अर्ब २४ करोड रुपैँया रहेको छ । कम्पनीको जगेडा कोषमा ५८ करोड ६ लाख रुपैँया सञ्चित रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।