अरुण भ्याली हाइड्रोको नाफा कति घट्यो ?

Feb 06, 2017 merolagani

अरुण भ्याली हाइड्रोपावर कम्पनी (AHPC) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ८४ लाख खुद नाफा कमाएको छ । हाईड्रोले गत आर्थिक वर्षको यहि अवधिको भन्दा दुई करोड ३० लाख रुपैँयाले नाफा घटेको बित्तीय बिबरण निकालेको हो । गत बर्ष पुससम्ममा कम्पनीले पाँच करोड १४ लाख रुपैँया नाफा गरेको थियो ।

८४ करोड ८१ लाख रुपैँया चुक्ता पूँजी रहेको जलविद्युत्त कम्पनीसँग  २ करोड ८४ लाख रुपैँयाको जगेडाकोष छ । जलविद्युत्त कम्पनीको पूँजी सात करोड ७६ लाख रुपैँयाले बढेको छ भने जगेडाकोष २ करोड ३० लाख रुपैँयाले घटेको छ ।

कम्पनीले पाँच करोड ४९ लाख रुपैँया आयोजनामा लगानी गरेको र ३३ लाख ७५ हजार रुपैँया आयोजनामा खर्च गरेको छ । गत बर्ष यसै अवधिमा उसले चार करोड ५० लाख रुपैँया आयोजनामा लगानी गरी ३० लाख खर्च गरेको थियो ।
हाल कम्पनीसँग १२ करोड ९० लाख रुपैँयाको बैंक मौजात रहेको छ भने २ करोड ९६ लाख रुपैँया प्राप्त गर्न बाँकी तथा दुई करोड तीन लाख रुपैँया तिर्नुपर्ने दायित्व रहेको छ । गत बर्ष १३ करोड ७१ लाख रुपैँयाको बैंक मौजात रहेको थियो भने ९४ लाख ५० हजार प्राप्त गर्न तथा आठ करोड आठ लाख रुपैँया तिर्नुपर्ने रहेको थियो । कम्पनीले जलविद्युत्त विक्रिबाट २ करोड ८४ लाख रुपैँया कमाएको छ भने एक करोड १७ लाख अन्य स्रोतबाट कमाएको छ । गत बर्षको यहि अवधिभन्दा यो रकम एक करोड २२ लाख रुपैँया कम हो । कम्पनीले आठ करोड १५ लाख बोनस बापत छुट्टाएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी बार्षिक ६.०३ रुपैँया, प्रतिशेयर नेटवर्थ १०३.३५ रुपैँया र मूल्य आम्दानी अनुपात ४१.९८ गुणा रहेको छ । वि सं २०५४ मा स्थापना भएको गुरुप्रसाद न्यौपानेको कम्पनीले पिलुवाखोला जलविद्युत्त आयोजना सञ्चालन गरेको छ । कम्पनीको अन्य भातृसंस्थाहरु अरुण काबेली पावर लिमिटेड,रिडि हाइड्रोपावर, रैर्याङ हाइड्रोपावर,अपि पावर कम्पनी मार्फत समेत जलविद्युत्तमा लगानी गर्दे आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।