साँढे पाँच अर्ब दाबी भुक्तानी गर्न बाँकी हिमालयन जनरलको हकप्रदको पैसा कहाँ जान्छ ?

Feb 07, 2017 Merolagani

हकप्रदको हल्लामा उचालिएर महंगो मुल्यमा सेयर किन्ने लगानीकर्ताहरुका लागि हिमालयन जनरल ईन्स्योरेन्स(HGI)ले गतिलो पाठ सिकाउला जस्तो छ । पाँच अर्ब ४४ करोड बिमा दावी भुक्तानी गर्न बाँकी रहेको कम्पनीको दोस्रो त्रैमासिक बित्तीय बिबरण हेर्दा अत्यासलाग्दो अबस्था देखिन्छ ।  

 

हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड तीन लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा तीन करोड ४३ लाख रुपैंया खुद नाफा कमाएको इन्स्योरेन्सको कमाई १७ दशमलव ४६ प्रतिशतले बढेको देखिन्छ तर १६६ प्रतिशत हकप्रद सेयर समायोजनपछि उसको प्रति सेयर आम्दानीमा ठूलो गिरावट आउने हुँदा यसअघि उचालिएर सेयर किन्नेहरु मारमा पर्नसक्छन् ।

उसले हकप्रद बिक्री गरेर जम्मा गर्ने रकम समेत बिमा दावी भुक्तानीमा खर्च हुनसक्ने देखिन्छ । उसको बिमा दावी भुक्तानी यस बर्ष मात्रै ६७ करोड रुपेयाँले बढेको देखिएको छ ।

अहिले २६ करोड ७५ लाखको पूँजीलाई ३८ करोड ५२ लाख पुर्याउँदा नै प्रतिसेयर आम्दानीमा संकुचन आएर २५ रुपैयाँ ६८ पैसाबाट २० रुपैयाँ ९५ पैसामा झरेको छ ।  यसरी एक पटक बोनसबाट मात्र पूँजी थप्दा प्रतिसेयर आम्दानीमा संकुचन आएको अवस्थाका बिच उसको जगेडा कोषको आकार पनि झण्डै आधाले घटेको छ । समिक्षा अवधिमा कम्पनीको जगेडा कोष १३ करोड ४१ लाख रुपैंयाबाट घटेर सात करोड ४८ लाख रुपैंयामा खुम्चिएको छ ।

समिक्षा अवधिमा खुद बीमाशुल्क रकम ११ करोड ३३ लाखबाट १५ करोड १९ लाख रुपैंया पुर्याएको कम्पनीको पुनर्बीमा कमिशन आय पनि तीन करोड ६२ लाखबाट पाँच करोड १० लाख रुपैंया पुगेको छ । पाँच करोड ८९ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको कम्पनीले पाँच अर्ब ४४ करोड ४१ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।