डिप्रोक्स, नेरुडे र रिलायबल माइक्रोफाइनान्सले पुस मसान्तमा के गरे ?

Feb 07, 2017 merolagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा गत बर्षभन्दा डिप्रोक्स लघुवित्त (DDBL) ले ६५.९७ प्रतिशत र नेरुडे लघुवित्त (NLBBL) ले ३६.१६ प्रतिशतले खुद नाफा बढाउँदा रिलायवल माईक्रोफाईनाइन्स (RMFL) को वित्तिय विवरणमा खुद नाफा २७.६३ प्रतिशतले ओरालो लागेको छ ।

अर्धबार्षिक अवधिमा २५ करोड ७९ लाख रुपैँया चुक्ता पूँजी रहेको डिप्रोक्सको खुद नाफा गत बर्षको तुलनामा पाँच करोड ८५ लाख बढेर १४ करोड ७० लाख रुपैँया पुगेको छ ।

डिप्रोक्सले एक अर्ब ३९ करोड ६३ लाख निक्षेप संकलन गरि चार अर्ब ६९ करोड १२ लाख कर्जा लगानीबाट खुद ब्याज आम्दानी ४० प्रतिशत बढाएर ३० करोड ५१ लाख रुपैँया कमाएको छ । कम्पनीको जगेडा कोषमा पाँच करोड ९० लाख रुपैँया रहेको छ ।

उता १८ करोड रुपैँया चुक्ता पूँजी रहेको नेरुडे लघुवित्तकोे खुद नाफा एक करोड २३ लाख बढेर चार करोड ६५ लाख रुपैँया आर्जन गरेको छ । नेरुडेले ९२ करोड २२ लाख निक्षेप संकलन गरि दुई अर्ब ७१ करोड ३८ लाख कर्जा लगानीबाट खुद ब्याज आम्दानी ३३.३२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले खुद ब्याज आम्दानी १५ करोड ५६ लाख रुपैँया कमाउँदा जगेडा कोषमा २० करोड ८० लाख रुपैँयामा संचित रहेको छ ।

त्यसै गरी पाँच करोड ६५ लाख रुपैँया चुक्ता पूँजी रहेको रिलायवल माईक्रोफाईनाइन्सको भने गत बर्षको यहि अवधिको तुलनामा खुद नाफा २७ लाख ४९ हजार रुपैँया घटेर ७१ लाख ९८ हजार रुपैँयामा सिमित भएको छ । गत बर्ष कम्पनीले ९९ लाख ४७ हजार खुद नाफा कमाएको थियो । रिलायबलले यस अवधिमा ११ करोड ९२ लाख निक्षेप संकलन गरि ३९ करोड ९० लाख कर्जा लगानी गरेको छ ।

तीन लघुवित्तमा सबैभन्दा थोरै निष्कृय कर्जा रहेको डिप्रोक्स लघुवित्तको ०.७७ प्रतिशत, नेरुडेको ०.८८ र रिलायवलको १.८८ प्रतिशत छ । गत बर्षको यहि अवधिमा डिप्रोक्स लघुवित्तको २.४० प्रतिशत, नेरुडको १.११ प्रतिशत र रिलायवल माईक्रोफाईनाइन्सको ०.१९ प्रतिशत रहेको थियो ।

प्रतिशेयर आम्दानीमा डिप्रोक्स लघुवित्त ५७ रुपैँया, नेरुडको २५.८७ रुपैँया र रिलायवल माईक्रोफाईनाइन्सको २५.४८ रुपैँया रहेको छ ।

नेटवर्थका आधारमा ३२८.९६ रुपैँयाका साथ डिप्रोक्स पहिलो हुँदा नेरुडे २१५.६१ रुपैँया सहित दोस्रो स्थानमा छ भने रिलायबलको १३०.९३ रुपैँया रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।