ङादी ग्रुप पावरले १०९.३० प्रतिशतले लगानी बढाउँदा के के भयो ?

Feb 07, 2017 merolagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ङादी ग्रुप पावर कम्पनी लिमिटेड (NGPL) ले यो बर्षमा लगानी १०९.३० प्रतिशतले बढेर ८ करोड ४ लाख रुपैयाँ पुर्याएको छ । यस अवधिमा कम्पनीले आफ्नो खुद मुनाफा १२.२६ प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष कम्पनीले नाफा १ करोड ४१ लाख रुपैयाँ रहेकोमा कम्पनीले यो बर्ष १ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा कमाएको हो ।

जलविद्युत्त कम्पनिको चुक्ता पूँजी ४८ करोड ६८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा संचालन मुनाफा भने ६ प्रतिशतले घटेर ३ करोड १५ लाख रुपैयाँमा सिमित भएको छ । कम्पनीको जगेडाकोष गत बर्ष यसै अवधिमा ४३ लाख रुपैँया रहेकामा यो बर्ष ३ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनिको विद्युत्त विक्रीबाट हुने आम्दानी समिक्षा अवधिमा २६ लाख घटेर तीन करोड ५७ लाखमा सिमित भएको छ । गत बर्ष अन्य आम्दानी एक लाख रहेकोमा बढाएर यो बर्ष ३६ लाख १९ हजार कमाएको छ । कम्पनीको चालु सम्पत्ति १२ करोड तथा चालु दायित्व ५ करोड रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३.१० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०८.०४ रुपैयाँ,मुल्य आम्दानी अनुपात २२.५२ गुणा र तरलता अनुपात २.२६ प्रतिशत रहेको छ । लमजुङ जिल्लामा ५ मेगावाटको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको कुल चुक्ताँ पुँजीको १० प्रतिशत लमजुङका स्थानीय बासीन्दा र सर्वसाधरण लगानीकर्तालाई २० प्रतिशत शेयर बेचेको थियो ।

कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।