सेञ्चुरीले किन कायम गर्न सकेन प्रतिसेयर आम्दानीमा सन्तुलन ?

Feb 07, 2017 Merolagani

सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ३९ लाख रुपैंया खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा १६ करोड सात लाख रुपैंया मात्र खुद नाफा कमाएको थियो ।  खुद नाफा ३९ दशमलव ३० प्रतिशतले बढे पनि हकप्रदबाट धेरै पूँजी बढाएका कारण प्रतिसेयर आम्दानी सन्तुलन गर्न भने बैंकले सकेन । 

बैंकको पूँजी वृद्धिका आधारमा व्यवशाय तथा कमाई बिस्तार हुन नसकेका कारण प्रतिसेयर आम्दानीमा संकुचन आएको हो । गत आर्थिक वर्षको यसै अवधिमा १५ रुपैंया १७ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १२ रुपैंया १४ पैसामा झरेको छ । प्रति सेयर आम्दानी सन्तुलनमा राख्न नसके पनि सेन्चुरीका आधारभुत सूचक र संस्थागत सुशासन भने राम्रो देखिएको छ । 

छ महिनाको अवधिमा ३२ करोड ७४ लाख रुपैंया सञ्चालन मुनाफा गरेको बैंकले गत आर्थिक वर्षको तुलनामा सञ्चालन मुनाफा ३९ दशमलव ८५ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २३ करोड ४१ लाख रुपैंया सञ्चालन मुनाफा कमाएको थियो । बैंकले बिज्ञप्ति  जारी गर्दै सञ्चालन मुनाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २०१.५० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

चालु आवको दोस्रो त्रैमासमा बैंकको चुक्तापूँजी.३ अर्ब ६८ करोड पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको चुक्ता पूँजी दुई अर्ब १२ करोड रुपैंया रहेको थियो । समिक्षा अवधिमा बैंकको पूँजी एक अर्ब ५६ करोड रुपैंयाले बढेको हो । 

गत आर्थिक वर्षको यसै अवधिमा ४५ करोड रुपैंयाको जगेडा कोष रहेको बैंकले ३८ करोडले कोष बढाएर ८३ करोड ५९ लाख रुपैंया पुर्याएको छ । ३२ अर्ब ६८ करोड रुपैंया निक्षेप संकलन गरी २९ अर्ब एक करोड रुपैंया कर्जा प्रवाह गरेको बैंकले गत आर्थिक वर्षको यसै अवधिमा २४ अर्ब आठ करोड रुपैंया निक्षेप संकलन गरी २० अर्ब ८४ करोड रुपैंया कर्जा प्रवाह गरेको थियो ।

बैंकको प्रति सेयर नेटवर्थ एक सय २२ रुपैंया ६६ पैंसा तथा मूल्य आम्दानी अनुपात २७.५१ गुणा बढी कायम भएको छ ।

‘नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम तोकिएको अवधीमा आठ अर्ब पूंजी पु¥याउन बैंक कटिवद्ध छ । जस अनुरुप बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ भने नपुग रकम हकप्रद तथा बोनस सेयर जारी गरी पु¥याउने लक्ष्य लिएको छ ।’ -बैंकद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

बैंकले गत बर्षको खुद नाफाबाट लाभांश बितरण गर्न बाँकी नै छ । 

२०६७ फागुन २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको बैंकले ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । एक्विजिशन पुरा भए पछि बैंकको शाखा संजाल ५४ पुग्ने बैंकले जनाएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।