७० प्रतिशत बोनस बाँडेको एभरेष्ट बेंकको के भयो प्रगति ?

Feb 08, 2017 Merolagani

चुक्ता पूँजी बढाउने प्रयोजनका लागि बोनस सेयर बितरण गर्न कन्जुस्याँई गर्दै आएको एभरेष्ट बैंक(EBL)ले यसपालि ७० प्रतिशत बोनस बितरणको घोषणा गर्दा धेरै लगानीकर्ता उत्साहित भएर महंगोमा सेयर किने । त्यसरी तछाड मछाड गर्दै आफुले महंगोमा सेयर किनेको कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कस्तो प्रगति गर्यो भन्ने चासो उनीहरुमा हुनु स्वभाविक हो ।

एभरेष्ट बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफा २९ प्रतिशतले बढाएर ९७ करोड नघाएको छ । बैंकले ब्याज आम्दानी २२ र संचालन नाफा २६ प्रतिशतले बढाएको छ तर ७० प्रतिशतले चुक्ता पूँजी बढाएर दुई अर्ब ७४ करोडबाट चार अर्ब ६० करोड पुर्याउँदा प्रतिसेयर आम्दानीमा सन्तुलन कायम गर्न नसकी ५७ रुपैयाँबाट ४२ रुपैयाँमा झरेको छ । उसले प्रस्ताव गरेको ३५ प्रतिशत हकप्रद समेत जारी हुने र खुद नाफा कमाईमा अहिलेकै गति कायम रहने हो भने प्रति सेयर आम्दानी अरु खस्कने निश्चित छ । त्यसो हुँदा तछाड मछाड गरेर प्रति कित्ता ३९०० रुपैयाँसम्म मूल्य हालेर सेयर किन्नेहरुलाई के भयो हिसाब गर्दा सहजै निकाल्न सकिन्छ ।

नोटः रकमलाई करोडमा देखाईएको छ ।

अन्य सूचकहरु हेर्दा एभरेष्ट बैंकको प्रगति मध्यमस्तरको रहेको मान्न सकिन्छ । निस्क्रिय कर्जा अनुपात केही बढ्नु नोट गर्नुपर्ने बिषय रहे पनि निक्षेप संकलन र कर्जा परिचालनमा लिएको आक्रामक रणनीतिले आगामी दिनमा राम्रो हुनसक्ने अबस्था देखिन्छ । अरु बैंक तथा बित्तीय संस्थाहरु तरलता अभाव भयो भन्दै हल्ला गर्दा एभरेष्टको कर्जा पूँजी निक्षेप अर्थात सीसीडी रेसियो ७६.६० प्रतिशत रहनु, जगेडा कोष चुक्ता पूँजी भन्दा बढी रहनु, पूँजी कोष पनि पर्याप्त रहनु राम्रा पक्षहरु हुन । तर मूल्य आम्दानी अनुपात ४४ गुणा भन्दा माथि र प्रति सेयर नेटवर्थ घटेर ३४३ बाट २०७ मा झर्नुले एभरेष्ट बैंकमा लगानी गर्दा याद गर्नुपर्ने महत्वपूर्ण सूचकहरु हुन ।

भारतीय पन्जाब नेशनल बैंकसँगको साझेदारीमा स्थापित यस बैंकले आगामी दिनमा कस्तो रणनीतिका साथ काम गर्ला ? चासोको बिषय भने रहिरहने छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।