एनआईसीले आफ्नो नाममा रहेको आठ वटा सामुहिक लगानी कोष र नेशनल लाईफ ईन्स्योरेन्सको सेयर तीन दिने लिलामीमा निकालेको हो । ब्यक्ति तथा संगठित संस्थाहरुले लिनसक्ने यति धेरै परिणामको सेयर लिलाममा आउँदा सेयर बजार नै तरंगित हुने निश्चित छ ।
लिलाममा आएको मध्ये लक्ष्मी भ्यालु फण्ड १ को दुई लाख ४३ हजार ५१ ईकाई, एनाआईबीएल सम्बृद्धि फण्ड १ को ५८ लाख ४६ हजार ८१०, एनएमबी सुलभ इृन्भेष्टमेन्ट फण्ड १ को ३५ लाख २० हजार ६१९, , सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ १ को दुई लाख ४८ हजार २००, सिद्धार्थ ईक्विटी ओरेन्टेड स्किमको ५६ लाख ७५ हजार ६०७, ग्लोबल आईएमई समुन्नत स्किम १ को ३७ लाख ६७ हजार २६८, एनएमबी हाईब्रिड फण्ड १ को १२ लाख ६१ हजार ९०१ र नबिल इृक्विटिी फण्डको ८ लाख ६८ हजार ४ ईकाई छ । यी ईकाईहरुको प्रति ईकाई मूल्य १० रुपैयाँ वा सो भन्दा माथिको मूल्यमा बजारमा किनबेच भईरहेको छ ।
तर सबैभन्दा महत्वपूर्ण कुरा नेशनल लाईफको ६५ हजार कित्ता संस्थापक सेयर किन्न भने धेरै पैसा खर्चिनुपर्ने हुन्छ । उसको हालको बजार मूल्य प्रति कित्ता १६६८ रहेको देखिन्छ । लिलाम सकार्न चाहनेहरुले कत्तिमा बोलपत्र हाल्लान भन्ने चासोका बिषय बनेको छ ।
सेयर बजारमा लगातार गिरावट आईरहेको बेला एनआईसीले यत्ति धेरै सेयर त्यसमा पनि तीन दिनको छोटो समय दिएर किन बेच्नु परेको भन्ने कुरा खुलाएको छैन ।