६८ लाख रुपैँयाको घाटालाई मल्टिपर्पोज फाईनाइन्सले पुस मसान्तमा के गर्यो ?

Feb 08, 2017 merolagani

सप्तरीमा प्रधान कार्यालय रहेको मल्टिपर्पस फाईनाइन्स (MPFL) ले गत आर्थिक वर्षको पुस मसान्तमा व्यहोरेको ६८  लाख रुपैँया नोक्सानलाई अहिले नाफामा परिणत गरेको छ । वित्तीय कृयाकलाप सुधार गर्ने क्रममा फाइनान्सले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ३३ लाख रुपैँया खुद नाफा कमाएको छ ।

फाईनाइन्सको चुक्ता पूजी समेत तीन करोड २२ लाखबाट चार करोड १४ लाख रुपैयाँ  पुगेको छ भने जगेडाकोष ६९ लाखबाट बढेर एक करोड साता लाख पुगेको छ । यस अवधिमा फाईनाइन्सले १५ करोड छ लाख रुपैँया निक्षेप संकलन गरि एक करोड ६८ लाख रुपैँया कर्जा परिचालन गरेको छ ।

त्यस्तै समिक्षा अवधिमा फाईनाइन्सले खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी रकम २३ लाख र ७२ लाख ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा क्रमश ६४ लाख र ४४ लाख रुपैँया धनात्मक बनाएको छ । फाईनाइन्सले आठ लाख राईट ब्याक गरेको छ ।

गत बर्षको यहि अवधिमा १८ दशमलव ६८ प्रतिशत रहेको निष्क्रीय कर्जालाई पाँच दशमलव ९२ प्रतिशतमा झारेको फाईनाइन्सको प्रतिशेयर आम्दानी १६ रुपैँया १३ पैसा छ । फाईनाइन्सको पूँजीकोष अनुपात ७८६.८९ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।