नेशनल लाइफ इन्स्योरेन्सले बिमा कोष दुई अर्बले बढायो

Feb 08, 2017 Merolagani

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आठ करोड ५० लाख आठ हजार रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको सात करोड ९२ लाख २४ हजार रुपैंयाको खुद नाफालाई झण्डै ५८ लाख रुपैंयाले बढाएको हो । समिक्षा अवधिमा इन्स्योरेन्सले जीवन बीमा कोषको आकार दुई अर्बले बढाएर आफुलाई मजवुत बनाउने जमर्को गरेको छ ।

चुक्ता पुँजी एक अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ रहेको इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ३३ प्रतिशत बोनस दिएको थियो । अहिले जगेडा कोषमा भने ३० करोड ९४ लाख रुपैंया सञ्चित गरेको इन्स्योरेन्सले शतप्रतिशत हकप्रदको प्रस्ताव साधारण सभाबाट पारित गराईसकेको छ ।

समिक्षा अवधिमा १३ अर्ब नौ करोड बढी रकमको जीवन बीमा कोषलाई बढाएर इन्स्योरेन्सले १५ अर्ब ७८ करोड ८३ लाख २६ हजार रुपैयाँको बनाएको छ । त्यसै गरी महाबिपत्ति कोषमा सात करोड ६० लाख १३ हजार रुपैंया राखेको कम्पनीले दुई अर्ब नौ करोड ४८ लाख ८७ हजार रुपैंया कुल बीमा शुल्क आर्जन गरेको छ ।

७३ करोड ९२ लाख ३४ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गरी १० करोड चार लाख छ हजार रुपैंया दाबी भुक्तानी गर्न बाँकी रहेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८३ पैसा रहेको छ । समिक्षा अवधिमा दुई करोड ५५ लाख ६८ हजार रुपैंयाको पुनरबीमा कमिशन आय घटेर ३१ लाख ५१ हजार रुपैंयामा खुम्चिएको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ एक सय २९ रुपैयाँ नौ पैसा छ ।

उसको वास्तविक खुद नाफा भने बिमांकीय मूल्यांकनपछि मात्र थाहा पाईने छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।