समिक्षा अवधिमा २० प्रतिशत बोनस बितरण गरी २८ करोड ७७ हजार रुपैंयाको पूँजीलाई ३२ करोड ४० लाख ४३ हजार रुपैंया पुर्याएको इन्स्योरेन्सको जगेडा कोष पनि ११ करोड २५ लाख ४१ हजार रुपैंयाबाट बढाएर १४ करोड ७६ लाख २५ हजार रुपैंया पुर्याएको छ । शतप्रतिशत हकप्रद निष्काशनको अन्तिम चरणमा रहेको इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुबाट ११ करोड ७८ लाख ६१ हजार रुपैंया अग्रिम चुक्तापूँजी जम्मा पारिसकेको छ । आगामी फागुन तीनदेखि उसले हकप्रद समेत निष्काशन गर्दैछ ।
इन्स्योरेन्सले समिक्षा अवधिमा बीमा कोषको आकार १३ करोड ६० लाख १२ हजार रुपैंयाबाट बढाएर २१ करोड ६७ लाख ७३ हजार रुपैंया पुर्याएको छ । आठ करोड ७० लाख १७ हजार रुपैंयाको नगद मौज्दात तथा बैंक मौज्दातलाई समिक्षा अवधिमा ३६ करोड ४८ लाख ४७ हजार रुपैंया पुर्याएको इन्स्योरेन्सले खुद बीमाशुल्क रकम १७ करोड ६८ लाख रुपैंयाबाट ३८ करोड ५९ लाख ६४ हजार रुपैंया पुर्याएको छ ।
आठ करोड ८८ लाख २४ हजार रुपैंया बराबरको खुद बीमा दाबी भुक्तानी गरेको कम्पनीको पुनरबीमा कमिशनबाट हुने आय समिक्षा अवधिमा पाँच लाख २७ हजार रुपैंयाबाट एक लाख ९१ हजार रुपैंयामा झरेको छ । ९७ हजार तीन सय ४५ वटा बीमालेख जारी गरेको इन्स्योरेन्सले २८ करोड ५७ लाख नौ हजार रुपैंया बीमा दाबी भुक्तान गर्न बाँकी छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३१ करोड ४४ लाख ६१ हजार रुपैंया बीमा दाबी भुक्तान गर्न बाँकी रहेकोमा अहिलेसम्म आउँदा त्यसलाई क्रमिक रुपमा घटाउँदै लगेको हो ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुई सय १२ रुपैंया ४५ पैसा छ ।