स्टान्डर्ड चार्टर्डको यही तालले एफपीओ र शतप्रतिशत बोनसपछि गर्ला प्रति सेयर आम्दानी सन्तुलन ?

Feb 09, 2017 Merolagani

२५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ निष्काशन गर्ने भन्दै धितोपत्र बोर्ड पुगेको स्टान्डर्ड चार्टर्ड बैंक(SCB)को दोस्रो त्रैमाससम्मको प्रगति बिबरण हेर्दा उसलाई पनि आगामी दिनमा ब्यापक प्रगति गर्नुपर्ने चुनौति थपिएको देखिएको छ ।

गत बर्षको बोनस समायोजन गर्दा नै प्रति सेयर आम्दानी ५४ रुपैयाँबाट ३९ रुपैयाँमा झरिसकेको अबस्थामा एफपीओ र त्यसपछि शतप्रतिशत बोनस जारी गर्ने उसको हिसाब जोड्दा प्रति सेयर आम्दानी निकै खस्कने देखिन्छ । त्यसलाई सन्तुलन गर्न चालु आर्थिक बर्षको बाँकी अवधिमा कारोबार बढाएर अरु धेरै प्रगति गर्नुपर्ने आबश्यकता छ । 

 

नोटः रकमलाई करोडमा देखाईएको छ ।

स्टान्डर्ड चार्टर्डका आधारभुत सूचकहरु बलिया रहेको देखिन्छ । निक्षेप संकलनको तुलनामा कर्जा बिस्तार धेरै गर्नु, निस्क्रिय कर्जा घटाएर न्युन बिन्दुमा ल्याउनु, बिदेशी मुद्राको कारोबारबाट हुने आम्दानी खस्कन नदिनु, ३३ प्रतिशत बोनस बाँडेर पनि जगेडा कोष चुक्ता पूँजी भन्दा धेरै हुनु, पूँजी कोष १७ भन्दा माथि रहनु, कोषको लागत १.३१ प्रतिशत मात्र रहनु उसका धेरै राम्रा पक्षहरु हुन् ।

बचत खाताहरुमा एक प्रतिशत हाराहारीमा ब्याज दिईरहेकाले आगामी दिनमा बचतको ब्याज दर बढाउनु परेमा उसको कोषको लागत बढ्ने संभावना हुन्छ । खुद नाफा बढाएर प्रति सेयर आम्दानीमा सन्तुलन कायम गर्न नसकेमा बिदेशी लगानी र ब्राण्डले मात्र उसको सेयर मूल्यलाई थेगिरहला भन्न सकिन्न ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।