माछापुच्छ्रे बैंकलाई पनि लगानीयोग्य रकम अभावको पीडा

Feb 09, 2017 Merolagani

आफै आठ अर्ब चुक्ता पूँजी पुर्याउने भन्दै कस्सिएको माछापुच्छ्रे बैंकलाई पनि थप कर्जा परिचालन गर्न आबश्यक लगानीयोग्य रकमको अभावले सताएको पाईएको छ । उसको सीसीडी रेसियो ७९.५९ प्रतिशत पुगेकोले अब थप कर्जा परिचालन गर्न नसक्ने अबस्था आएको हो ।

जनता बैंकसँगको मर्ज तोडेर उसले ५० प्रतिशत हकप्रद जारी गरी पूँजी बृद्धिको प्रयास गरिरहेको छ ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा निक्षेप संकलन ३१ र कर्जा परिचालन ३८ प्रतिशत बढाएको छ । निस्क्रिय कर्जालाई घटाएर खुद नाफा ४२ प्रतिशतले बढाउन सक्नु उसको सफलता हो ।

हेर्नुहोस् दोस्रो त्रैमासको बित्तीय बिबरण

नोटः रकमलाई करोडमा देखाईएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।