कृषि विकास बैकको झण्डै २० लाख कित्ता साधारण सेयरको लिलामी खुल्यो

Feb 09, 2017 merolagani

कृषि विकास बैंक (ADBL) ले हकप्रदमा नबिकेको झण्डै २० लाख कित्ता साधारण सेयर आजबाट लिलामीमा राखेको छ । बैंकले लिलामीमा राखेको सेयरमा माघ २७ गतेदेखि फागुन १२ गतेसम्म आवेदन गर्न सकिन्छ ।

बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । जसमध्ये हकप्रदमा आवेदन नपरेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता लीलामी गर्ने भएको हो ।

लीलामीको सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले बोलकबोल आवेदन फारम विक्री प्रबन्धक एस क्यापिटल मार्फत प्राप्त गर्न र बुझाउन सक्नेछन् । बोलकबोल न्युनतम एक सय कित्ता र बढिमा १० हजार कित्तासम्म गर्न सकिने छ ।

त्यस्तै लगानीकर्ताले न्युनतम एक सय रुपैँया र त्यसभन्दा बढि रकमको अंकित मुल्य गरि बोलकबोल आवेदन गर्न सक्नेछन् । लिलामीको नतिजा विक्री प्रबन्धक एस क्यापिटलले फागुन १३ गते खोल्ने जनाएको छ ।

 

कृषि बिकास बैंकले सीसीडी ८३ प्रतिशत पुर्याउँदा राष्ट्र बैंकले गर्ला त कारबाही ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।