साढे ५४ करोड बीमा दाबी भुक्तानी नगरेको प्रुडेन्सियल इन्स्योरेन्सले पुस मसान्तमा कति कमायो ?

Feb 09, 2017 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड चार लाख १९ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा तीन करोड १९ लाख १५ हजार रुपैंया खुद नाफा कमाएको इन्स्योरेन्सले कमाई २६ दशमलव ६४ अंकले बढाएको हो । इन्स्योरेन्सले ५४ करोड ६० लाख ७२ हजार रुपैंया बीमा दाबी भुक्तान गर्न बाँकी छ ।

चुक्ता पुँजी ३५ करोड ६४ लाख रुपैंया रहेको इन्स्योरेन्सको जगेडा कोषमा २० करोड ४० लाख ३५ हजार रुपैंया सञ्चित छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सको जगेडाा कोषमा ११ करोड ३५ लाख रुपैंया सञ्चित थियो । २२ रुपैयाँ ६८ पैसा प्रतिसेयर आम्दानी रहेको कम्पनीले गत आर्थिक वर्षमा २० प्रतिशत बोनस बितरण गरी ३० प्रतिशत हकप्रद निष्काशनको प्रकृया अघि बढाएको छ ।

२६ करोड ३७ लाख १४ हजार रुपैंयाको बीमा कोष रहेको इन्स्योरेन्सले १७ करोड ७८ लाख ४२ हजार रुपैंयाको खुद बीमा शुल्क आर्जन गरी १७ करोड ८४ लाख ७१ हजार रुपैंयाको बीमा दाबी भुक्तानी गरेको छ । अब कम्पनीले ५४ करोड ६० लाख ७२ हजार रुपैंया बराबरको दुई हजार छ सय ५४ वटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।
प्रतिसेयर नेटवर्थ दुई सय ३१ रुपैंया २४ पैसा रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ५१ दशमलव ७६ गुणाले बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।