लुम्बिनीले १८९ प्रतिशतले खुद नाफा बढाउँदा सेन्ट्रल फाईनाइन्सको ८९ प्रतिशतमात्र

Feb 09, 2017 merolagani

अर्धबार्षिक अवधिमा सेन्ट्रल फाइनान्स (CFCL) ले दुई करोड १५ लाख रुपैँया नाफा कमाउँदा माघ २४ गते सोमबार मात्र भिबोर सोसाइटी डेभलपमेण्ट बैंकसँग मर्ज हुने सम्झौता गरेको लुम्बिनी फाइनान्स  (LFLC)ले तीन करोड ५३ लाख रुपैँया कमाएको छ ।

भक्तपुर फाइनान्ससँगको मर्जर सम्झौता अनुमोदन पारित गरेको सेन्ट्रले यस अवधिमा तीन करोड ८५ लाख खुद ब्याज आम्दानी र तीन करोड चार लाख सञ्चालन नाफा कमाएको छ । उता लुम्बिनिले पाँच करोड ९८ लाख खुद ब्याज आम्दानी र पाँच करोड ३१ लाख सञ्चालन नाफा कमाएको छ । समिक्षा अवधिमा सेन्ट्रलको खुद नाफा ८९ प्रतिशत र लुम्बिनीले १८९ प्रतिशतले बढाएका हुन् ।

हाल सेन्ट्रलको चुक्ता पूँजी ३० करोड २२ लाख रुपैँया तथा लुम्बिनिको ५५ करोड ६८ लाख रुपैँया रहेको छ । लुम्बिनिको दुई करोड ४७ लाख र सेन्ट्रलका आठ करोड ५५ लाख रुपैँया जगेडा कोषमा छ ।

दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार सेन्ट्रलको प्रतिशेयर आम्दानी ७.१३ रुपैँया तथा लुम्बिनिको ६.३४ रुपैँया पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।