एसबिआई बैंकको साधारणसभाले के के प्रस्ताव पारित गर्यो ?

Feb 09, 2017 merolagani

नेपाल एसबिआई बैंक (SBI) को २३ औ बार्षिक साधारणसभाले शेयरधनीहरुलाई २८ प्रतिशतका दरले वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैंकले अघिल्लो साधारणसभाबाट अनुमोदन भए बमोजिम चालीस प्रतिशत अर्थात दश बराबर चार कित्ताका दरले हकप्रद बिक्री गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३३ करोड खुद नाफा कमाएको थियो ।


हकप्रद शेयर जारी गर्दा आउने भिन्न अंकलाई शेयरधनीबाट थप रकम लिई पूर्ण अंकमा परिणत गर्ने र त्यसरी पूर्ण अंकमा परिणत गर्ने क्रममा वर्तमान शेयरधनी समूहको शेयर स्वामित्व कायमै राख्न संस्थापक शेयरधनीबाट जति रकम थप्न आवश्यक पर्छ सो रकम संस्थापकबाट समेत थप लिई संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व ७०ः३० कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकले एक अर्ब उनान्नसय करोड उन्नाइस लाख बयालिस हजार तीन सय साठी रुपैयाँ बराबरको हकप्रद बिक्री गर्नेछ । हाल बैकको ३ अर्ब ८८ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । उक्त बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।

साथै बैंकले बोनससँगै १.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले बैंकको आ.व. २०७२/७३ को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित ग¥यो

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७२/०७३ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।  आ.ब. २०७३/७४ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिएल श्रेष्ठ एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक निर्धारण गरेको छ । 

नेपाल एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ । बैंकले ७३ शाखा ,८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदा गर्दै आइरहेको छ ।

बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड खुद नाफा कमाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।