सनराईज बैंकले नारायणी नेशनललाई मिसाएपछि यस्तो देखियो प्रगति

Feb 10, 2017 Merolagani

बैंक तथा बित्तीय संस्थाहरुको क्षमता आफैले पूँजी बढाएर भन्दा राम्रा संस्थाहरुलाई आफुमा समाहित गरेर धेरै राम्रो प्रगति गर्न सक्दारहेछन् भन्ने कुरा सनराईज बैंक(SRBL)ले नारायणी नेशनल फाईनान्सलाई एक्वाएर गरेपछिको परिणामले देखाएको छ ।

हेर्नुहोस्, यस आर्थिक बर्षको दोस्रो त्रैमासमा कस्तो देखियो सनराईजको प्रगति ?

सनराईज बैंकले नारायणी नेशनललाई गाभ्नु भन्दा अगाडि गत आर्थिक बर्षको दोस्रो त्रैमासमा जुन अबस्था थियो, त्यसको एक बर्षपछि हेर्दा हरेक पक्षमा प्रगतिको संकेत गरेको छ ।

निस्क्रिय कर्जा अनुपात तल झार्नु, गत बर्ष धेरै हकप्रद र आकर्षक बोनस सेयर बितरण गरेर पनि प्रति सेयर आम्दानीलाई सन्तुलनमा राख्नसक्नु सनराईजको सफलता हो ।

नोटः रकमलाई करोडमा देखाईएको छ । गत बर्षको दोस्रो त्रैमासको बिबरण नारायणी नेशनललाई मिसाउनु अघिको हो ।

कर्जा पूँजी र निक्षेप अनुपात अर्थात सीसीडी रेसियो ७८.९ पुगेकाले लगानीयोग्य रकमको अभावले सनराईजलाई पनि पिरोलेको पाईएको छ । कोषको लागत ४.६० प्रतिशत हुनुले बचतको ब्याज दर बढेमा उसको खर्च बढ्नसक्ने देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।