नागबेली र जनउत्थानले कति गरे प्रगति ?

Feb 10, 2017 merolagani

नागबेली लघुवित्त (NBBL)  र जनउत्थान लघुवित्त (JSLBB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सुधारिएको वित्तीय विबरण सार्वजनिक गरेका छन् । जसमा गत बर्षको यसै बेलाभन्दा नागबेलीले ५.८९ प्रतिशतले खुद नाफा बढाउँदा जनउत्थानको ५२.४० प्रतिशतले बढेको छ ।

नागबेली लघुवित्तले पुस मसान्तसम्ममा एक करोड ६३ लाख रुपैंया खुद नाफा गरेको वित्तीय विबरण निकालेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उसल एक करोड ५४ लाख रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा लघुवित्तको कमाई झण्डै १० लाख रुपैंयाले बढेको हो ।

उता गत बर्षको यसै अवधिमा ५८ लाख रुपैँया खुद नाफा कमाएको जनउत्थानले ३१ लाख  रुपैंयाले कमाई बढाएर ८९ लाख  रुपैँया खुद नाफा कमाएको छ । यस अवधिमा लघुवित्तको निक्षेप र कर्जा लगानी बढेपछि नाफामा सुधार आएको हो ।

नागबेलीको चुक्ता पूँजी चार करोड तथा जगेडाकोष पनि चार करोड ७४ लाख र जनउत्थानको २ करोड ४० लाख चुक्ता पूँजी तथा दुई करोड ७९ लाख रुपैँया जगेडाकोषमा सञ्चित छ ।

नागबेलीको निष्कृय कर्जा अनुपात १.२९ प्रतिशतबाट बढेर २.३२ प्रतिशत पुगेको छ । उता जनउत्थानको ०.८६ प्रतिशतबाट बढेर १.५२ प्रतिशतमा पुगेको छ । नागबेलीको प्रतिशेयर आम्दानी ४० रुपैंया ८० पैसा छ भने जनउत्थानको ८२ रुपैंया रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।