कैलाश विकास बैंकले बल्ल तय गर्यो हकप्रद निश्काशन मिति

Feb 10, 2017 Merolagani

कैलाश विकास बैंक (KBBL) ले लामो समय लगाएर धितोपत्र बोर्डबाट निष्काशनको स्वीकृति पाएको हकप्रद बेच्ने मिति निर्धारण गरेको छ । बैंकले एक सय रुपैंया अंकित मूल्यमा हाल कायम चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले पाँच सेयर बराबर एकको अनुपातमा फागुन छ गतेदेखि हकप्रद निष्काशन गर्न लागेको हो । बैंकको हकप्रदमा गत पुस १३ गतेसम्ममा सेयर खरिद गरेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । एक अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ३१ करोड ६० लाख रुपैंयाको हकप्रद बिक्री गरी पूँजी थप गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । हकप्रदमा आवेदन दिन सेयरधनीले क्यापिटलको कार्यालय जमल तथा कैलाश विकास बैंकका सबै शाखाहरुमा चैत १० गतेसम्ममा सम्पर्क राख्नु पर्ने हुन्छ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस समेत बितरण गर्ने निर्णय गरिसकेको छ । बोनस पनि पुस १३ गतेसम्ममा नै सेयर किन्ने लगानीकर्ताले मात्र पाउने छन् । हकप्रद निष्काशन तथा बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३० करोडको हाराहारीमा पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।