कालिका माईक्रोफाईनान्सको चुक्ता पूँजी भन्दा जगेडा कोषमा धेरै पैसा, कति देला यसपालि बोनस ?

Feb 10, 2017 merolagani

कालिका माईक्रोक्रेडिट (@KMCDB) ले पुस मसान्तसम्ममा प्रतिशेयर आम्दानी १० रुपैँया ४२ पैसाले बढाएको छ । माईक्रोक्रेडिटको गत बर्ष प्रतिशेयर आम्दानी ४५ रुपैँया ५६ पैसा रहेकोमा हाल ५५ रुपैँया ९८ रुपैँया पुगेको हो । पाँच करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा साढे सात करोड रहेको छ । उसले विगतका बर्षहरुको लाभांश बितरण गर्न बाँकी रहेकोले कति बोनस सेयर देला भन्ने चासो लगानीकर्तामा पाईन्छ ।

स्याङ्जामा प्रधान कार्यालय रहेको बैंकले यस अवधिमा २२.८७ प्रतिशतले खुद नाफा बढाएर एक करोड ३९ लाख रुपैँया कमाएको छ । पाँच करोड चुक्तापूँजी रहेको कालिकाको जगेडा कोषमा सात करोड ५४ लाख रुपैँया सञ्चित छ ।

बैंकले समिक्षा अवधिमा २५ करोड ५८ लाख निक्षेप संकलन गरि ५३ करोड ७१ लाख रुपैँया कर्जा लगानी गरेको छ । यसबाट बैंकले तीन करोड ३८ लाख रुपैँया खुद ब्याज आम्दानी कमाएको छ भने सञ्चालन नाफा बढेर दुई करोड चार लाख रुपैँया पुगेको छ ।

बैंकको निष्क्रीय कर्जा अनुपात बढेर एक दशमलव ७० प्रतिशतमा पुगेको छ भने पूँजीकोष पर्याप्तता २४.१८ प्रतिशत रहेको छ । प्रतिशेयर नेटवर्थ २५०.९२ रुपैँया, मूल्य आम्दानी अनुपात २९.४५ गुणा तथा तरलता अनुपात १३.४२ प्रतिशत कायम छ ।

बैंकले १० जिल्लामा २४ शाखाबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।