गत बर्षमा नाकाबन्दी र विविध कारणले खुम्चिएको नाफा यस बर्षमा विशेषत भारतिय र चिनियाँ पर्यटहरुको भारि मात्रामा वृद्धि भएसँगै होटलको कुल आय आर्जन समग्रमा ४७.३५ प्रतिशतले बढाएको कम्पनीले जनाएको छ । होटलले पुस मसान्तसम्ममा १० करोड ३३ लाख रुपैँया कमाएको छ । गत बर्षको सोही अवधिमा होटलले दुई करोड ६५ लाख रुपैँया मात्र कमाएको थियो ।
५२ करोड ६५ लाख रुपैँया चुक्ता पूँजी रहेको होटलले जगेडा कोष ७८ करोड २१ लाख पुगेको छ । यस अवधिमा एक करोड २० लाखले जगेडाकोष बढेको छ । गत बर्षको यस अवधिमा ४९ करोड ५१ लाख बाट सञ्चालन नाफा बढेर ७२ करोड ९१ लाख पुगेको छ ।
होटलको प्रतिशेयर आम्दानी बार्षिक ७ रुपैँया ८५ पैसा, प्रतिशेयर नेटवर्थ २४ रुपैँया ८५ पैसा छ भने मूल्य आम्दानी अनुपात १५९.९४ गुणा रहेको छ । उसको सेयरको प्रति कित्ता अंकित मूल्य १० रुपैयाँ हो ।