प्राइम लाइफले ओरालो बाटो समात्दा एशियन लाइफले यसरी बढायो खुद नाफा

Feb 10, 2017 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा घढेको वित्तीय विबरण निकाल्दा एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले राम्रो प्रगति गरेको विबरण सार्वजनिक गरेको छ । प्राइमले ४७ प्रतिशतले कमाई घटेको वित्तीय विबरण निकालेको छ भने एशियन लाइफले ३३ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विबरण निकालेको हो ।

प्राइम लाइफले गत आर्थिक वर्षको यसै अवधिमा छ करोड ८२ लाख ३० हजार रुपैंया खुद नाफा कमाएकोमा यस पटक तीन करोड ६१ लाख ५१ हजार रुपैंया मात्र खुद नाफा कमाएको छ । त्यसै गरी एशियन लाइफले गत आर्थिक वर्षको पुस मसान्तमा एक करोड ५३ लाख ७२ हजार रुपैंया खुद नाफा कमाएकोमा यस पटक दुई करोड आठ लाख ५९ हजार रुपैंया खुद नाफा कमाएको छ ।

४८ करोड ८१ लाख ६० हजार रुपैंया चुक्ता पूँजी रहेको प्राइमले विगत तीन आर्थिक वर्षदेखि साधारण सभा गर्न सकेको छैन । जसका कारण बोनस समेत बितरण नहुँदा उसको जगेडा कोषमा ७३ करोड ७८ लाख २५ हजार रुपैंया सञ्चित रहेको छ । उता ६७ करोड १३ लाख २७ हजार रुपैंया चुक्ता पूँजी रहेको एशियन लाइफले गत आर्थिक वर्षको साधारण सभ ागर्न बाँकी उसको जगेडा कोषमा २९ करोड २० लाख आठ हजार रुपैंया सञ्चित छ ।

प्राइम लाइफको जीवन बीमा कोषमा चार अर्ब १७ करोड ३४ लाख ५६ हजार रुपैंया राखेको छ भने एशियनले आठ अर्ब ८६ करोड ५७ लाख ५६ हजार रुपैंया राखेको छ । प्राइमको महाविपत्ती जगेडा छैन । एशियनको महाविपत्ती जगेडामा तीन करोड १५ हजार रुपैंया सञ्चित छ । प्राइमले ७६ करोड ७४ लाख ६७ हजार रुपैंयाको खुद बीमा शुल्क आर्जन गर्दा एशियनले एक अर्ब एक करोड ७९ लाख छ हजार रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ ।

प्राइमले १५ करोड सात लाख ४२ हजार रुपैंयाको खुद बीमा दाबी भुक्तान गर्दा एशियनले जम्मा छ करोड ५३ लाख १९ हजार रुपैंयाको मात्र बीमा दाबी भुक्तानी गरेको छ । अब प्राइमले ५५ वटा दाबीको एक करोड सात लाख ३४ हजार रुपैंया भुक्तानी गर्न बाँकी छ भने एशियनले पनि ६३ वटा दाबीको ९९ लाख ४६ हजार रुपैंया बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

प्राइम लाइफको प्रतिसेयर आम्दानी १४ रुपैंया ८१ पैसा कायम हुँदा एशियनको छ रुपैंया १४ पैसा मात्र कायम हुन सकेको छ । प्राइमको प्रतिसेयर नेटवर्थ दुई सय ५१ रुपैंया १४ पैसा पुगेको छ भने एशियनको एक सय ४३ रुपैंया ५० पैसा मात्र छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।