एन.आई.डी.सी क्यापिटलाई प्राप्ति गरेको सनराइजले थाल्यो एकिकृत कारोबार

Feb 10, 2017 merolagani

एन.आई.डी.सी क्यापिटल मार्केट्स लिमिटेडलाई केहि समय अघि प्राप्ति गरेको सनराइज बैंक लिमिटेड (SRBL) ले एकीकृत कारोबार आरम्भ गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच गर्भनर डा. चिरञ्जीवि नेपालले एकीकृत कारोबारको शुभारम्भ गरे ।



केही महिनाअघि नारायणी नेशनल फाईनान्सलाई आफुमा मिलाएको सनराईजले सामुहिक लगानी कोष र धितोपत्र सम्बन्धी कारोबार गर्न सहज हुने गरी एनआईडीसीलाई किन्ने सम्झौता गरेको थियो । सनराईज बैंकले एन.आई.डि.सि.क्यापिटल मार्केटको प्रतिसय कित्ता बराबर सनराइज बैंकको ६५ कित्ता सेयर हुनेगरी खरिद गरेको हो ।

बैंकले क्यापिटललाई खरिद गर्ने प्रस्ताव दुवै संस्थाको पुस २५ बसेको विशेष साधारणसभाले पारित गरेको थियो भने राष्ट्र बैंकले यही माघ १३ गते अन्तिम स्वीकृत दिएको थियो ।

एनआईडीसी क्यापिटल मार्केट्सले प्रारम्भ देखि एनसीएम. मर्चेण्ट बैंकिंग लि. स्थापना गरी सफलतापूर्वक मर्चेण्ट बैंकिंग कारोवार गर्दै आएकोे छ । एनसीएम मर्चेण्ट बैंकिंग नेपालमा पहिलो पल्ट म्युचुअल फण्ड संचालन गर्ने संस्था हो ।

यस प्राप्ति पश्चात बैंकको पहुँच तथा ब्यबसाय क्षमतामा ब्यापक बढोत्तरी हुनुका साथै मेचेण्ट बैंकिंगमा समेत सनराइज बैंकको उपस्थिति हुने आशा गरिएको छ ।

एनआईडीसी. क्यापिटल मार्केट्स प्राप्ति पछि सनराइज बैंकको चुक्ता पुंजी ५ अर्व ४५ करोड पुगेको छ । अब बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी करिब ७ अर्व दश करोड पुग्नेछ । 

सनराईज बैंकले नारायणी नेशनललाई मिसाएपछि यस्तो देखियो प्रगति

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।