बैंकले नियमित कारोबारबाटै आम्दानी बढाएको हो । बैंकको ब्याज आम्दानी तथा संचालन मुनाफामा गतबर्षको यसैअवधिको तुलनामा उल्लेखीय सुधार देखिएको छ ।बैंकले यस अवधिमा खुद ब्याज आम्दानीबाटै १ अर्ब २६ करोड रुपैयाँ कमाएको छ ।
बैंकको चुक्ता पूँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ भने ४ अर्ब ५४ करोड जगेडाकोषमा राखेको छ । बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ ३१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८३ रुपैंयाँ ६९ पैसा छ ।
बैंकको खराब कर्जा अनुपात १ दशमलव ८९ प्रतिशत रहेको छ । यसअवधिमा बैंकले २२ करोड ६६ लाख रुपैयाँ बराबरको खराब कर्जा उठाएको छ भने सम्भावित जोखिममा २७ करोड रुपैयाँ राखेको छ ।
यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ६४ प्रतिशत रहेको छ ।