सिभिल बैंकको खराब कर्जा बढ्दा नाफा खुम्चियो

Feb 12, 2017 merolagani

सिभिल बैंक (CBL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा खराबकर्जा दोब्बर बढेको छ । अघिल्लो पुषमा २.१४ प्रतिशत रहेको बैंकको खराबकर्जा बढेर ४.४५ प्रतिशत पुगेको छ । जसका कारण बैंकको सम्भावित जोखिम समेत बढेको छ । बैंकले ४३ करोड रुपैयाँ प्रोभिजनमा राखेको छ ।

चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा बैंकले १६ करोड ७३ लाख रुपैयाँ खुँद नाफा गरेको छ । गतबर्षको यसै अवधिको तुलनामा बैंकको नाफा १ करोड १० लाख रुपैयाले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १५ करोड ६३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ तथा जगेडा कोषमा १ अर्ब ४२ करोड रुपैयाँ छ । बैंकले गत पुस मसान्तसम्ममा ३२ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २९ अर्ब ५० करोड रुपैयाँ कर्जा सापटी प्रवाह गरेको छ भने ६ अर्ब १८ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ४ दशमलव ४५ प्रतिशत रहेको छ । बैंकले प्रोभिजनमा ४३ करोड १७ लाख रुपैयाँ राखेको छ भने २६ करोड २७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ०७ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ७ रुपैंयाँ ३२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३१ रुपैंयाँ १५ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।