माछापुच्छ्रे बैंकको पाटन शाखा कुमारीपाटीमा स्थानान्तरण

Feb 12, 2017 merolagani

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आफ्नो पाटन (गाःबहाल) शाखालाई कुमारीपाटी (तफाल्हो)मा स्थानान्तरण गरेको छ । आइतबारबाट संचालनमा आएको यस नयाँ शाखाबाट बैकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने बताएको छ ।



उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले गरे । साथै नयाँ शखामा २४ घण्टा नै रकम झिक्न सकिने एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ ।

४ अर्व ६६ करोड ६४ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल पौष मसान्त सम्ममा ५८ अर्व २४ करोड निक्षेप परिचालन गरी रु. ५१ अर्व ८५ करोड कर्जा प्रवाह गरेको छ । बैंकले सो अबधिमा ८४ करोड ९१ लाख संचालन मुनाफा तथा ५७ करोड ५३ लाख खुद मुनाफा गरेको जानकारी दिएको छ । 

माछापुच्छ्रे बैंकलाई पनि लगानीयोग्य रकम अभावको पीडा

बैकले हाल देशभरका ५६ शाखा तथा एक एक्स्टेन्सन काउन्टर मार्फत सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।