कुमारी बैंकको ५० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत, कहिले होला निष्काशन ?

Feb 12, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि स्वीकृति दिएको छ । बोर्डले बैंकलाई एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशनको अनुमति दिएको हो । बैंक ३९ दिन अघि हकप्रद निष्काशनको स्वीकृति माग्दै धितोपत्र बोर्ड पुगेको थियो ।

बैंकले हकप्रद निष्काशनको प्रकृयालाई छिटो अघि बढाइने जनाएको छ । मेरोलगानीसँग कुरा गर्दै बैंकका कम्पनी सचिव नरेन्द्र छतकुल्लीले सञ्चालक समितिको बैठक बसेर हकप्रद निष्काशनको मिति निर्धारण गर्ने भन्दै यसका लागि समय नखर्चिने बताए ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ । कुमारीले अरु चार संस्थासँगको एक्वायर अगाडि कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब २६ करोड ५९ लाख रुपैंया पुग्ने छ । हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैंया पुग्नेछ ।

साथै एनसीसी बैंकसँग मर्ज भाँडेर आफै आठ अर्ब चुक्ता पूँजी पुर्याउन कस्सिएको कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

कुमारी बेंकलाई अरु धेरै प्रगति गर्नुपर्ने यसरी खटकियो आबश्यकता

कुमारी बैंकसँग एक्वायर हुने चार वित्तीय संस्थाको सेयर स्वाप कति ? यसरी पुर्याउँदैछ आठ अर्ब पूँजी

५० प्रतिशत हकप्रद बिक्रीको अनुमति माग्दै कुमारी बैंक पनि पुग्यो धितोपत्रबोर्ड

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।