जनता बैंक संचालक समितिले गुरुप्रसाद न्यौपानेको "अपराध" लुकाउने प्रयास गरेपछि साधारणसभामै बबण्डर

Feb 12, 2017 Merolagani

-तीर्थराज पौडेल

जनता बैंक(JBNL)का संस्थापक अध्यक्ष गुरुप्रसाद न्यौपानेले गरेको ईन्साईडर ट्रेडिड.सम्बन्धी बैकिड. कसुरलाई संचालक समितिले लुकाउने प्रयास गरेपछि बैंकको सातौ साधारणसभामा ब्यापक बिरोध र भण्डाफोर भएको छ । संचालक समितिका नयाँ अध्यक्ष केशबबहादुर रायमाझीले प्रस्तुत गरेको बार्षिक प्रतिबेदनमा न्यौपानेको अपराधबारे उल्लेख नगरी गुपचुप राखिएको भन्दै सेयरधनीहरुले तीब्र बिरोध जनाएका हुन् ।

जनता बैंकले आईतबार राजधानीको आर्मि अफिसर्स क्लवमा गरेको साधारणसभामा बोल्दै सुप्रसिद्ध लेखक चुडामणी गौतमले न्यौपानेले गरेको बदमासीलाई संचालक समितिले लुकाउने प्रयास गरेको गंभीर आरोप लगाए । 

उनले गुरुप्रसाद न्यौपानेलाई आफुले बाल्यकालदेखि नै चिनेको र जीवनमा कहिल्यै राजीनामा नगर्ने प्रबृत्तिका भएपनि केही समयअघि हतारमा जनता बैंकको संचालकबाट राजीनामा गरेर भाग्नुमा गंभीर रहस्य रहेको औल्याए । गौतमले हाईड्रोका मालिक न्यौपानेले जनता बैंकलाई हाईड्रोसिलकोे रोगी बनाएको भन्दै त्यसको सफल अपरेशन गरेर बैंकलाई स्वस्थ पार्नुपर्छ भने । 

उनले जनता बैंक स्थापना हुँदा आफुहरुले सक्दो लगानी गरी प्रतिफलको आश गरे पनि सात बर्षसम्म किताब लेखेर जिविका चलाउनु परेको र आफुले अहिलेसम्म  ९२ वटा पुस्तक प्रकाशित गरेको  बताए । 

 एक बर्ष अघि माछापुच्छ्र्रे बैंकसँग मर्ज हुने भित्रभित्रै पक्का भएपछि न्यौपानेले आफ्नी श्रीमति, बुहारी, नाति र आफु अध्यक्ष रहेको कम्पनीको नाममा जनता बैंकको साधारण सेयर किनेर ईन्साईडर ट्रेडिड.को अपराध गरेको समाचार मेरोलगानी डटकमले सप्रमाण प्रबाह गरेको थियो । 

गौतमले लगाएको गंभीर आरोपबारे संचालक समितिका अध्यक्ष रायमाझीले जवाफ दिदै न्यौपानेमाथि छानविन भईरहेको बताएर बिबाद साम्य पार्ने प्रयास गरेका थिए । 

गुरुप्रसाद न्यौपानेले बैंकिङ कसुर गरेको प्रमाणित, जनता बैंकले सेयर जफत गर्ने

सात बर्ष अघि जनता बैंक स्थापना गर्ने सिलसिलामा न्यौपानेले संस्थापक अध्यक्ष भएर गरेको खर्च मध्ये जनता बैंकले अझै साढे दुई करोड तिर्न बाँकी रहेको हिसाब साधारणसभामा प्रस्तुत भएपछि सेयरधनीहरु अरु आक्रोशित भएका थिए । 

अर्का लगानीकर्ता भक्तिप्रसाद उप्रेतिले बैंकको निक्षेप संकलन एकदमै न्युन भएको  बताए । उनले बैंक स्थापना भएको सात बर्षसम्म पूर्व संचालन खर्च बार्षिक ६० लाखको दरले तिर्नु पर्नु लाजमर्दो भएको बताए । 

लगानीकर्ता सुन्दरलाल श्रेष्ठले बैंकको गत बर्षको भन्दा प्रतिशेयर आम्दानी घटेको, खराब कर्जा बढेको र अवस्था चिन्ताजनक बन्दै गएको बताए । 

लगानीकर्ता रोजकुमार श्रेष्ठले   बैंकको आन्तरिक र बाह्य लेखापरिक्षणमा १९ करोड बराबरको फरक देखिएको भन्दै उनले लेखापरिक्षकको क्षमतामा प्रश्न गरे । उनले बैंकको स्प्रेडदर ३.७२ प्रतिशतमात्र राखेकाले समेत कम आम्दानी भएको बताए ।

लगानीकर्ता उत्तम पाठकले बैंकको बोनस २० प्रतिशततको हाराहारीमा आउने अपेक्षा गरिएपनि तीन बर्षको बोनस १२ प्रतिशत मात्र आउनाले लगानीकर्ताको अपेक्षा पुरा नभएको बताए । बैंकको कर्मचारी बढ्दै जानुपर्ने अवस्थामा २७ जना घट्नुले त्यसमा सञ्चालक समितिको कमजोरी रहेको बताए । उनले पुर्व सञ्चालक समिति सदस्यले गरेको भित्रि शेयर कारोबार बारेमा स्पष्ट पार्न अध्यक्षलाई आग्रह गरे ।

बैंकका शेयरधनी तथा सांसद रामवीर मानन्धरले बैंकमा जिम्मेवारी बहन गरेका ब्यक्तिले जथाभावी गरेकाले बैंकको अवस्था बिग्रने गरेको बताए ।  देशमा सबै बिग्रिएको प्रसंग प्रस्तुत गर्दे अब जनता बैंक र नेपाल देशलाई नै एउटा ‘ज्युँदो’ ब्यक्ति आवश्यक रहेको उनको भनाई छ । मानन्धरले बैंकको अध्यक्ष जस्तो ब्यक्ति परिवर्तन हुँदा समेत शेयरधनीले थाहा नपाउनु दुखद पक्ष रहेको बताए । 

सातौं साधारणसभाले शेयरधनीलाई १२ प्रतिशत बोनस प्रस्ताब पारित गरेको छ । बैंकले त्रिवेणी विकास बैंकसँग एक बराबर एक शेयर अनुपातमा मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरी अन्य उपयुक्त संस्थासँग मर्जर वा एक्वीजिशनको बाटो समेत खुला राखेको छ । जनताले मर्जरपश्चात कायम हुने चुक्ता पूँजीको ६० प्रतिशत अर्थात दश कित्ता बराबर छ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव  पारित गरेको छ ।

उता त्रिवेणीको बिशेष साधारणसभाले पनि जनता बैंकसँग मर्जर तथा ६० प्रतिशत हकप्रदको विशेष  प्रस्ताव पारित गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।