एनआईसि एशिया बैंकले मोबाइल बैंकिंगबाट दिंदैछ यस्तो सेवा

Feb 14, 2017 Merolagani

एनआईसी एशिया बैंकले आफ्ना सेवाग्राहीलाई आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराउने क्रममा मोबाइल बैंकिङ्ग मार्फत अन्तरबैंक भुक्तानी गर्न सक्ने सेवाको सुरुवात गरेको छ । उक्त सेवा मार्फत ग्राहकहरुले आफ्नो एनआईसी एशिया बैंकमा रहेको खाताबाट नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध कुनै पनि बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा सजिलै रकमान्तर गर्न सक्नेछन् ।

आफ्नो इन्टरनेट बैंकिङ्ग (आईटच) बाट अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध कुनै पनि बैंक वित्तीय संस्थाहरुमा रहेको खातामा रकमान्तर गर्ने सेवा यस अघि नै सञ्चालनमा ल्याएको थियो । उक्त व्यवस्था पश्चात बैंकका ग्राहकहरुले बैंक धाईराख्नु नपर्ने र आफु रहेको स्थानबाट सजिलैसँग मोबाइल र इन्टरनेटबाट अन्तर बैंक भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकहरुको समय वचत हुनुका साथै अन्य खर्च समेत कम हुने हुदाँ, यसको प्रयोगले ग्राहकहरु निकै लाभान्वित हुने विश्वास बैंक तथा क्लियरिंग हाउसले लिएको छ ।

एनआईसी एशिया बैंकले सुरु गर्यो कुनै पनि बैंकको खातामा रकमान्तर गर्ने सेवा

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।