नेको इन्स्योरेन्सको शतप्रतिशत हकप्रद खुल्यो, कहाँ गर्ने आवेदन ?

Feb 14, 2017 merolagani

नेको इन्स्योरेन्स (NIL) ले पूँजी वृद्धिका लागि बिक्री गर्न लागि शतप्रतिशत हकप्रदमा आवेदन खुलेको छ । इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा एक बराबर एकको अनुपातमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर निष्काशन गरेको हो ।

नेकोको हकप्रदमा पुस १३ गतेसम्ममा कायम सेयरधनीले फागुन ३ देखि चैत ७ गतेसम्म हकप्रदमा आवेदन गर्न सक्नेछन ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीको सेयर भएकाहरुले एनएमबि क्यापिटल नागपोखरी, नक्साल तथा एनएमबि बैंकका कलंकी, सूर्य्विनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपाबाट हकप्रदको आवेदन गर्न सक्नेछन् ।

त्यसैगरी एनएमबि बैंकको आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, बसपार्करोड धनगढी, भानुचोक जनकपुर, न्यूरोड पोखरा, नारायणगढ चितवन, सुर्खेतरोड नेपालगन्ज, रंगेलीरोड बिराटनगर, महेन्द्रपथ धरान र बिर्तामोड झापाबाट पनि लगानीकर्ताले हकप्रदको आवेदन गर्न सक्ने बताइएको छ ।

अहिले चुक्ता पूँजी ३२ करोड ४० लाख ४३ हजार रुपैंया रहेको कम्पनीको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ६४ करोड ८० लाख ८७ हजार दुई सय ६४ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको २० प्रतिशत बोनस समेत गरी इन्स्योरेन्सको चुक्ता पूँजी ७० करोड रुपैंया नाघ्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।