नबिल बैंकले प्रगति कायम राख्दै जगेडाकोष चुक्तापूँजीभन्दा ९७ करोडले बढाउँदा अन्य सुचकमा के भयो ?

Feb 14, 2017 merolagani

बाणिज्य बैंकमध्येको धेरै उत्कृष्ट कमाई गर्दै आएको निजी क्षेत्रको अग्रणी बैंक नबिल (NABIL) ले चालु आर्थिक बर्षको पहिलो छ महिनामै एक अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको यसैअवधिको तुलनामा साढे २९.३६ प्रतिशले अर्थात ३९ करोड ६७ लाख रुपैयाँ बढि हो । अघिल्लो बर्ष यतिबेला बैंकले  १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । साथै बैंकले यस अवधिमा खराबकर्जा समेत एक प्रतिशतभन्दा तल झारेको छ ।

समिक्षा अवधिसम्म बैंकको निक्षेप एक खर्ब २० अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । गतबर्षको यस अवधिमा बैंकले एक खर्ब आठ अर्ब ३७ करोड रुपैँयाको निक्षेप संकलन गरेको थियो । यस अवधिमा बैंकले ९० अर्ब ३० करोड कर्जा परिचालन गरेको छ भने ३८ अर्ब बराबरको लगानी गरेको छ । बैंकको गत बर्ष कर्जा परिचालन ६५ अर्ब तथा लगानी ४२ अर्ब ७९ करोड रुपैँया गरेको थियो ।

बैंकले गत बर्षकको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ३८ प्रतिशतले बढाएर दुई अर्ब ६६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सञ्चालन नाफामा समेत ३८ प्रतिशतले नै वृद्धि गरि दुई अर्ब ६२ करोड ८४ लाख रुपैँया पुर्याएको  हो ।

त्यस्तै विदेशी मुद्राको कारोबारमा पनी अन्य बैंकभन्दा बढि कारोबार गर्ने हुनाले समेत नाफामा बढाउन मदत्त गरेको छ । बैंकसँग २२ अर्ब ८३ करोड रुपैँया बराबरको  विदेशी मुद्राको सञ्चिती छ । यसअवधिमा आठ करोड ५६ लाख रुपैँया संभावित जोखिम कोषमा राखेको बैंकले झण्डै एक करोड रुपैयाँ राईट ब्याक गरेको छ ।

बैकको चुक्तापूँजी ३० प्रतिशत बोनपपछि छ अर्ब १८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । सात अर्ब १५ करोड ७४ लाख रुपैयाँ रहेको बैंकको जगेडाकोष चुक्तापूँजीभन्दा ९७ करोड ३९ लाख रुपैँयाले बढि हो ।

बैंकको खराव कर्जा पनि यो अवधिमा १.७० प्रतिशतबाट घटेर ०.९० प्रतिशतमा आएको छ । बैंकको प्रति शेयर आम्दानी गत बर्ष ५६ रुपैयाँ ९९ पैसा रहेकोबाट ३० प्रतिशत बोनस बाँड्दा पनि ३० पैसा मात्र घटेको छ ।

अन्य सुचकहरुमा  प्रतिशेयर नेटवर्थ २१६ रुपैँया, पूँजीकोष अनुपात १२.१८ प्रतिशत, तरलता अनुपात २६.९५ प्रतिशत र मूल्य आम्दानी अनुपात २७.५२ गुणा रहेको छ । मंगलबार शेयरबजारमा बैंकको प्रतिकित्ता शेयर १३५० रुपैयाँ हाराहारिमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।