स्टान्डर्ड चार्टर्डको एफपीओ तत्काल जारी नगर्न धितोपत्र बोर्डको निर्देशन

Feb 14, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले स्टान्डर्ड चार्टर्ड बैंक(SCB)लाई तत्काल थप नयाँ साधारण सेयर अर्थात एफपीओ जारी नगर्न निर्देशन दिएको छ । बोर्ड सम्बद्ध स्रोतले बजारमा तरलता अभाव भएकाले एफपीओ जारी हुँदा झन् समस्या बिकराल हुनसक्ने भएकाले बोर्डले स्वीकृति दिए पनि तत्काल जारी नगर्न निर्देशन दिईएको जनाएको छ ।

बोर्डले सोमबार स्टान्डर्ड चार्टर्डलाई २५ लाख ५८ हजार १४० कित्ता १२९० रुपैयाँ प्रति कित्ता दरमा एफपीओ जारी गर्न निर्देशन दिएको थियो ।

सेयर लगानीकर्ता संघले सेयर बजारमा प्रतिकुल असर पर्ने भन्दै एफपीओ जारी गर्ने प्रक्रिया तत्काल रोक्न आग्रह गरेपछि बोर्ड बैठकले बैंकलाई नयाँ निर्देशन दिएको हो । लगानीकर्ता संघका महासचिव नबराज सुबेदीले लगानीकर्ताहरुले तरलता अभाव र मार्जिन कर्जा बन्दको सामना गरिरहेको बेला एफपीओ जारी गर्दा सेयर बजार अरु खस्कने भएकाले रोक्न पहल गरिएको मेरोलगानी डटकमलाई बताए ।

७१ अर्बको थप सेयर लगानीकर्ताले अब किन्न सक्दैनन, पूँजी बृद्धिको म्याद थपौं (तथ्य विवरणसहित)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।