जनता बैंकको यस्तो खुद नाफा हेरेर जनताले कसरी चित्त बुझाउने ?

Feb 15, 2017 Merolagani

जनता बैंक नेपाल लिमिटेड(JBNL)ले चालु आर्थिक वर्षको दोेस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा जम्मा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएर बाणिज्य बैंकहरु मध्येमा कमजोर दर्ज भएको छ ।

सात बर्ष अगाडि स्थापना भएको बैंकको प्रगति मन्द हुनुका साथै संस्थागत सुशासनमा समेत गंभीर समस्या देखिएको छ । हालै आयोजित बैंकको सातौ बार्षिक साधारणसभामा कम्पनीको अबस्था खराब भएकोबारे ब्यवस्थापनको ब्यापक आलोचना भएको थियो ।

बैकले गतबर्षको सोही अवधिको तुलनामा यसअवधिमा १६.९० प्रतिशत नाफा बढाएको हो । यसअवधिमा बैंकको खराब कर्जा भने बढेर २.५७ प्रतिशत पुगेको छ भने बार्षिक प्रतिशेयर आम्दानीमा एक रुपैँया ८० पैसाले गिरावट आएको छ ।

बैंकको जगेडा कोषको रकम १० करोड घटेर ३३ करोड २३ लाख रुपैयाँमा सिमित भएको छ ।

खुद ब्याज आम्दानीमा भएको सुधार, संचालन मुनाफा तथा नियमित कारोबारबाटै बैंकको नाफा बढेपनि आर्या फर्मास्युटिकलको कर्जा बापतको रकम सहित १५ करोड जोखिमकोषमा ब्यवस्था गर्न परेपछि बैंकले २० प्रतिशतको बोनस दिने आंकलन गरिएपनि १२ प्रतिशतमा सिमित भएको थियो । यसअवधिमा बैंकल नौं करोड ३१ लाख रुपैयाँ बराबरको डुबेको कर्जा उठाएको छ ।

यसअवधिमा बैंकले २५ अर्ब ५६ करोड ४१ लख रुपैँयना निक्षेप संकलन गरेर २२ अर्ब ९७ करोड ८९ लाख रुपैँयाको कर्जा प्रवाह गरेको छ । समिक्षा अवधिमा बैंकले ४० करोड ७७ लाख रुपैया खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा भन्दा बैंकको दुई करोड ४७ लाख रुपैयाँ सञ्चालन मुनाफा घटेर यसपटक १५ करोड ९३ लाख रुपैँया सञ्चालन मुनाफा गरेको छ ।

यसअवधिमा बैंकको खराबकर्जा भने बढेको छ । १.३८ प्रतिशत रहेको खराबकर्जा बढेर २.५७ प्रतिशत पुगेको हो । बैंकको मुल्य आम्दानी अनुपात २८ प्रतिशत, प्रति सेयर आम्दानी १३ रुपैंयाँ ९९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११४ रुपैंयाँ ४१ पैसा रहेको छ ।

कर्जा पूँजी निक्षेप अनुपात अर्थात सीसीडी रेसियो ८० प्रतिशत नाघेकाले उसले थप कर्जा परिचालन गर्न सक्ने त अबस्था छैन, उल्टै राष्ट्र बैंकको कारबाहीको सामना गर्नुपर्ने अवस्था देखिन्छ ।

दुई अर्ब ३० करोड चुक्तापूँजी भएको बैंकले ५० प्रतिशत हकप्रद जारी गरेर त्रिवेणी विकास बैंकसँग मर्जरमा गएको छ । ६० प्रतिशत हकप्रद तथा बोनसबाट राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउने लक्ष्यका साथ अगाडि बढेको भए पनि संस्थागत सुशासन र नाफा बढाउन नसके जनता बैंकले जनतालाई भरोसा दिलाउन मुस्किल छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।