सानो पूँजीबाट सुरु भएको पोखराको मुक्तिनाथले कसरी मार्यो काठमाडौसम्मको छलाड. ?

Feb 15, 2017 Merolagani

पर्यटकीय शहर पोखरामा नौ बर्ष अघि स्थापना भएर सानो पूँजीबाट कारोबार सुरु गरेको मुक्तिनाथ बिकास बैंक(MNBBL)ले राजधानीमै केन्द्रीय कार्यालय सारेर  प्रगतिको फड्को मारेको छ । 

 

पोखरामा कार्यालय राखेर क्रमशः प्रगति गर्दै राष्ट्रियस्तरको बिकास बैंक हुनु, बर्षेनी पूँजी बृद्धि र सोही अनुपातमा कमाई दर बढाएर लगानीकर्तालाई मनग्ये प्रतिफल दिनु र निस्क्रिय कर्जा निकै तल राखेर विपन्न बर्गमा अधिक कर्जा प्रबाह गर्नु उसको सफलता हो । 

गभर्नर डा. चिरन्जिवि नेपालले मुक्तिनाथको काठमाडौमा सारिएकमे केन्द्रीय कार्यालयको बुधबार औपचारिक रुपमा सुरुवात गरे । 

 

 मुक्तिनाथले नेपालका हालसम्मका सबै गभर्नरलाई सम्मान गरेको छ ।

मुक्तिनाथले २६ प्रतिशत कर्जा विपन्न बर्गमा परिचालन गरेको  छ । आकर्षक बोनस सेयर बाँडेर क्रमबद्ध रुपमा पूँजी बढाए अनुसार खुद नाफा पनि बढाउँदै लैजाने प्रयास गर्नु, निस्क्रिय कर्जा अनुपात ०.१८ प्रतिशतमा सिमित राख्नु उसका सकारात्मक पक्ष हुन ।

एक अर्ब ५३ करोड चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक बर्षको छ महिनामा २२ करोड कमाएर प्रति सेयर आम्दानी २९ रुपैयाँ कायम गरेको छ ।  चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याउन उसले ४० प्रतिशत हकप्रद बिक्रीमा ल्याउने प्रस्ताव अगाडि बढाउँदै छ ।

मुक्तिनाथको केन्द्रीय कार्यालय काठमाडौ प्लाजामा रहेको छ । मुक्तिनाथको अहिले ४० शाखा, ८ सिमित बैंकिड. कारोबार गर्ने शाखा र ३९ लघुवित्त डेस्क छन् । 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।