गभर्नर नेपालले बैंकहरुलाई दिए कडा चेतावनी

Feb 15, 2017 Merolagani

गभर्नर डा. चिरन्जिवि नेपालले बैंकहरु स्वनियममा बसेर ब्याज दर नघटाए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

मुक्तिनाथ बिकास बैकले केन्द्रीय कार्यालय औपचारिक रुपमा काठमाडौमा सारेको अवसरमा गरेको कार्यक्रममा गनर्भर नेपालले बैंक तथा बित्तीय संस्थाहरुको निक्षेप संकलन र कर्जा परिचालनको दैनिक रुपमा कडा अनुगमन भईरहेको जानकारी दिए ।

गभर्नर नेपालले बैंकहरुले कर्जाको ब्याज दर घटाएको आफुहरुले हेर्न चाहेको बताए ।

उनले बैंकहरुलाइृ स्वनियममा बस्न, ब्यवस्थापकहरुलाई संचालकहरुले अनाबश्यक दबाब नदिन सचेत गराउँदै कडा कारबाही गर्नु नपर्ने अबस्था ल्याउन निर्देशन दिए ।

कार्यक्रममा नेपालका प्रथम गभर्नर हिमालय शमशेरले अहिलेको तरलता अभावको समस्या चाँडै समाधान हुनुपर्नेमा जोड दिए ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।