चारवटा ठूला बिकास बैंकलाई गाभेको एनसीसी बैंकको किन भयो यस्तो हालत ?

Feb 16, 2017 Merolagani

एनबी समूह र निर्मल प्रधान समूहको झगडाले समस्या पर्दा नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएर सुधारेको एनसीसी बैंक(NCCB)ले चार वटा बिकास बैंकलाई आफुमा गाभेपछि उसको अबस्था अत्यन्त कमजोर देखिएको छ । यस बर्षको दोस्रो त्रैमाससम्म सात करोड खुद नाफा गरेको हिसाबले उ सबैभन्दा कमजोर बैंक सावित भएको छ । 

 

नोटः रकमलाई करोडमा देखाईएको छ । उसको चुक्ता पूँजी, खुद नाफा र प्रति सेयर आम्दानी देखाईमा मेल खाएको देखिएन । 

बैंकको खराब कर्जाको अनुपात २१० प्रतिशत बढ्नुका साथै खुद नाफा सात करोडमा सिमित भएको छ । बैंकले ६५ करोड रुपैयाँ नोक्सानी ब्यवस्था वापत राख्नुपरेपछि खुद नाफामा ठूलो गिरावट आएको हो । एनसीसीमा गाभिएका चार वटा बिकास बैंक मध्ये केहीको डीडीए गर्दा लुकाईएको खराब कर्जा देखिएपछि बैंकको खुद नाफामा प्रत्याशित गिरावट आएको बुझ्न सकिन्छ । यसबाट पनि एनसीसीको मर्जरमै समस्या रहेको प्रमाणित हुन्छ । यसले मर्जर गरेका सबै बैंकको अबस्था राम्रो हुन्न भन्ने पनि देखिएको छ ।

बैंकले तेस्रो त्रैमाससम्ममा निस्क्रिय कर्जामा सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरेकाले आशा गर्नुपर्ने ठाउँ छ । एनसीसीमा मिसिएको एपेक्स डेभ्लपमेन्ट बैंकको खराब कर्जा असुलीमा कठाई गर्दै बैंकले बिहीबार नै धेरै धितो लिलामीमा निकालेको छ । 

  बिकास बैंकहरुलाई मर्ज गर्दा बचेको स्वापबाट जम्मा भएको रकमले जगेडा कोष बलियो भएको र चुक्ता पूँजी आठ अर्ब पुर्याउन बोनस सेयर दिनुपर्ने बाध्यता रहेकाले लगानीकर्ता निराश भईहाल्नु पर्दैन । बेंकको पूँजी कोष पनि पर्याप्त रहेको देखिन्छ ।

एनसीसीले गत बर्ष ईन्टरनेशनल, एपेक्स, आईडी र सुप्रिम डेभ्लपमेन्ट बैंकलाई गाभेर केही महिना अघिबाट एकीकृत बैंकिड. कारोबार सुरु गरेको हो तर उसको सेयर कारोबार अझै चालु हुन सकेको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।