जेविल्स र निलम्बनबाट फुकुवा भएको अरुणले फाईनाईन्सले पुस मसान्तमा कति कमाए ?

Feb 16, 2017 merolagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा जेबिल्स फाईनाईन्सले आफ्नो खुद नाफामा १४३.७७ प्रतिशत वृद्धि गरेको छ भने अरुणले पनि आफ्नो अवस्थालाई सुधार गर्दे साढे तीन लाख खुद नोक्सानीमा झारेका छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जेबिल्स फाइनान्सले ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा फाइनान्सले ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा जेबिल्सको चुक्ता पूँजी तीन करोड २१ लाख रुपैँयाबाट बढेर २८ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष दुई करोड १३ लाखबाट बढेर पाँच करोड १४ लाख रुपैयाँ सञ्चित भएको छ ।

पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैंया निक्षप संकलन गरेको फाइनान्सले ८९ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड १८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

फाइनान्सको निष्क्रीय कर्जा अनुपात १.०७ प्रतिशतले बढेर ५.५२ प्रतिशत पुगेको छ । जसको प्रतिशेयर आम्दानी ६.१६ रुपैँया, प्रतिशेयर नेटवर्थ ११७.७९ रुपैँया, र पूँजीकोष ३०.१७ प्रतिशत रहेको छ ।

यता अरुण फाईनाइन्सले गत पुस मसान्तसम्मको ६५ लाख ५९ हजार खुद घाटालाई घटाएर तीन लाख ५६ हजार रुपैँयामा झारेको छ । यस अवधिमा फाईनाइन्सले ६२ लाख घाटा पूर्ति गरेको हो ।

१५ करोड रुपैँया चुक्ता पुँजी रहेको फाईनाइन्सले दश लाख ५५ हजार रुपैँया खुद ब्याज आम्दानी गरेको छ तर कम्पनीको सञ्चालन घाटा भने १० लाख रुपैंया रहेको छ । यस अवधिमा कम्पनीले सात लाख रुपैँयाको खराब कर्जा असुली गरेको छ ।

प्रतिशेयर २४ पैसा घाटामा रहेको कम्पनी समस्याग्रस्त सुचिबाट हालसालै मात्र मुक्त भएकाले कति प्रगति गर्छ भनेर अर्को त्रैमासमा देखिनेछ । हाल फाईनाईन्सलाई अम्बीका पौडेलले नेतृत्व प्रदान गरेका छन् ।

अरुण फाइनान्स समस्याग्रस्तको सूचीबाट हट्यो, ९९ प्रतिशत संस्थापक सेयर हाथवे इन्भेष्टमेण्टले किन्यो

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।