सिद्धार्थ बैंकको ३९ प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद पारित,सेयरधनीले के भने ?

Feb 16, 2017 merolagani

सिद्धार्थ बैंक (SBL) को पन्ध्रौं बार्षिक साधारणसभाले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ३९ प्रतिशत बोनसपश्चात ३० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरेको छ । साथै सभाले संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्नेगरी चार जना र सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरि तीन जना संचालक समेत चयन गरेको छ ।



दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी पाँच अर्ब २३ करोड ५० लाख रुपँया रहेको छ । बैंकले दोस्रो त्रैमासको विवरणमानै यसअघि बिक्री गरेको हकप्रद र बोनस समायोजन गरिसकेको थियो ।

अब जारी गर्ने ३० प्रतिशत हकप्रदपछि बैंकको चुक्तापूँजी ६ अर्ब ८० करोड ५५ लाख रुपैँयाँ पुग्नेछ । कम्पनीले एक अर्ब १९ करोड ४५ लाख रुपैँया बराबरको बोनस यस आर्थिक बर्षको कमाईबाट वितरण गरेर राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपँया चुक्तापुँजी पुर्याउनेछ ।

साथै साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट  प्रतिनिधित्व गर्ने गरि मनोज कुमार केडिया,नरेन्द्रकुमार अग्रवाल,दिनेश शंकर पालिखे, विरेन्द्र कुमार शाह तथा सर्बसाधारण शेयरधनीको तर्फबाट महेश प्रसाद पोखरेल,हेमन्त ज्ञवाली,र राजेशकुमार केडियालाई सर्वसम्मत संचालकमा चयन गरेको छ ।

सेयरधनीहरुले के भने ?

विहिवार सम्पन्न सधारणसभामा साधारण शेयरधनीको तर्फबाट भाग लिँदै उत्तम पाठकले बैंकले बोनस र हकप्रद बाट चुक्तापूँजी आठ अर्ब पुगेपछि बैंक कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा राखे ।उनले बैंकले यस अवधिमा २६ करोडको प्रोभिजन गर्दा राईट ब्याक १५ करोड मात्र रहेकोले त्यसतर्फ ध्यान पुर्याउन ध्यानाकर्षण गराए।

अर्का शेयरधनी राम श्रेष्ठले बैंकहरुले सधैं एउटै लेखापरीक्षकबाट मात्र लेखापरिक्षण नगराई स्वतन्त्र लेखापरिक्षक मार्फत लेखापरीक्षण गराउन माग गरे ।बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलबाट शेयरधनीले अनेकौं झण्झट भोग्नुपरेको, शेयरधनीलाई सम्मानजनक व्यबहार नभएको गुनासो पोखे ।

लगानीकर्ता अमिर दास रञ्जितले बैंकलाई साधारणसभा समयमा नै गर्न,कम्पनी ऐनको दफा १०४ को उपदफा ९ बमोजिम वित्तिय विवरण प्रकाशित गर्न ध्यानकर्षण गराए । उनले साधारणसभा सानो ठाउँमा साधारणसभा गरेर ब्यवस्थापकिय कमजोरी भएको र आउँदा बर्षमा उचित ब्यवस्थापन गर्न माग गरे । कम्पनी मार्फत किनिएका धितोपत्रहरु होल्ड गरेर मात्र नबसी नाफा प्राप्त हुँदा समयमा नै बेचेर प्रतिफल लिनुपर्ने उनको धारणा छ । 

सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै बैंकका अध्यक्ष मनोज कुमार केडियाले बैंकको कमजोरीलाई सुधार गर्दे जाने प्रतिबद्धता व्यक्त गरे । छोटो समयमा चुक्तापूँजी बढ्नु र सो अनुपातमा लगानीको प्रतिफल कमाउन चुनौतिपुर्ण रहेको भन्दै उनले कमाईको प्रतिशत घटेपनी नाफा बढाउने कदम चालिने बताए ।

साधारणसभाको माईन्युट समयमा नै शेयरधनीकहाँ पुर्याउन व्यवस्थापकलाई ध्यानाकर्षण गर्ने, मर्जरको कारणले शेयरधनी बढेकाले अर्को बर्षदेखि ठुलो हलमा साधारणसभा गर्ने, सञ्चालकहरुले धारण गरेको शेयर स्वामित्व आगामी दिनमा विवरणमा राख्ने प्रतिबद्धता ब्यक्त गरे । उनले सिद्धार्थ क्यापिटलको सेवामा सुधार गर्न प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले शेयरधनीले उठाएका सवालहरुलाई बोर्डमा छलफल गरि तत्कालै सम्भव हुनेलाई तत्काल नै र अन्यलाई आउने दिनमा कार्यान्वयन गर्दे अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।