तपाईलाई सिनर्जी पावरको कति कित्ता सेयर पर्यो ? सेयर नपरेको पैसा फागुन १० देखि

Feb 17, 2017 Merolagani

सिनर्जी पावरले बाँडफाँड गरेको साधारण सेयरको नतिजा मेरोलगानीमा प्रकाशित भएको छ । पुस ८ गते देखि १२ सम्म आइपीओ निष्काशन गरेको कम्पनीले एक सय रूपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर बेचेको थियो । जस मध्ये ६३ हजार कित्ता सेयर कर्मचारीलाई र एक लाख ५ हजार कित्ता सेयर म्युचुअल फण्डका लागि बाँडफाँड भैसकेको छ । 

बाँकी रहेको १९ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले न्युनतम ५० देखि अधिकतम २१ हजार कित्ताका दरले आवेदन गरेका थिए । ४२ करोड रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको यो सेयर निष्काशनसँगै चुक्ता पूँजी ७० करोड रुपैंया पुगेको छ ।

सिनर्जीको आएपीओमा ३१० कित्ता अर्थात ३१ हजार रुपैयाँ सम्मको आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट दश कित्ताका दरले सेयर वितरण गरिएको हो । त्यसभन्दा माथि ३२ हजारदेखि ५० हजारसम्म आवेदन गर्ने साना लगानीकर्तालाई ३.०४ प्रतिशत र पचास हजार भन्दा बढी आवेदन गर्नेलाई २.९३ प्रतिशतका दरले बाँडफाँट गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

जस अनुसार ७१ हजार ४८९ जना लगानीकर्ता सिनर्जीपावरको सेयरधनी बनेका छन् । क्यापिटलका अनुसार साना लगानीकर्ताले ७ लाख ७२ हजार ८ सय कित्ता तथा ठुला लगानीकर्ताले ११ लाख ५८ हजार ६ सय कित्ता सेयर हात पारेका छन् ।

साथै कम्पनीको सेयर नपरेको पैसा धितोपत्र बाँडफाँड नियमावली अनुसार फागुन १० गतेदेखि बितरण गर्ने सूचना आएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलले सोही व्यवस्था अनुसार सेयर नपरेका लगानीकर्तालाई सेयर नपरेको पैसा फिर्ता गर्नेछ । सानिमा क्यापिटलले कुन् कुन् बैंकमा सिधै सेयर नपरेको पैसा फिर्ता हुने भन्ने सम्बन्धमा कुनै जानकारी दिएको छैन ।

                  ... [सिनर्जी पावरको आईपीओ बाँडफाँट,कसले कति पाए ?] ...

                   ... [सिनर्जी पावरको आईपीओ बाँडफाँडको मोडल हेर्नुहोस्] ...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।