गरिमाले पारित गर्यो २० प्रतिशत बोनस र ७० प्रतिशत हकप्रद

Feb 17, 2017 merolagani

गरिमा बिकास बैंक (GBBL) को शुक्रबार सम्पन्न दशौ साधारणसभाले २० प्रतिशत बोनसपश्चात ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेको छ । सभाले संस्थापक र सर्बसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सात जना सञ्चालकहरुको समेत नियुक्त गरेको छ ।

बैंकको साधारण सभाबाट उपयुक्त अन्य संस्थासँग मर्जर वा एक्वीजिशनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको छ ।

सभाबाट पारित बोनस माघ २० गते सम्म शेयर किनेका लगानीकर्ताले प्राप्त गर्नेछन् । बोनसबाट चुक्तापूँजीमा २१ करोड रुपैँया थप हुनेछ भने ७० प्रतिशत हकप्रद निष्काशनपश्चात बैंकको पूँजी दुई अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ ।

साधारण सभाबाट पारित हकप्रदको प्रस्ताव स्वीकृतिका लागि बैंक धितोपत्र बोर्डमा जानेछ । राष्ट्र बैंकले तोकेको अढाई अर्ब पूँजी पुर्याउन नपुग रकम चालु आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर वा मर्ज/एक्वीजिशनबाट थप्ने योजना बैंकले लिएको छ ।

शुभेच्छा विकास बैंकलाई गाभेको गरिमाको एक अर्ब आठ करोड रुपैँया चुक्ता पूँजी रहेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रुपैंया ५३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।