मूल्य बृद्धिदर ३.२ प्रतिशतमा झर्यो,भारत र नेपालमा समान

Feb 17, 2017 merolagani

नेपाल राष्ट्र बैंकले मूल्य बृद्धि दर ३.२ प्रतिशतमा झरेको जनाएको छ। गत बषको यसैअवधिमा १२.१ प्रतिशत पुगेको मूल्य बृद्धि दर चालु आर्थिक बर्षको ६ महिनामा तीन प्रतिशत हाराहारीमा झरेको हो ।  आपूर्ति व्यवस्थामा आएको सुधार र भारतमा उपभोक्ता मुद्रास्फीतिदर घट्दै गएको कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति निरन्तर घट्दै आएको राष्ट्र बैंकको भनाई छ ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.७ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १५.२ प्रतिशत रहेको थियो ।

यस समूह अन्तर्गतको घ्यू तथा तेलको मूल्यमा १३.९ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, तरकारीको मूल्यमा ३.९ प्रतिशत, फलफूलको मूल्यमा २.० प्रतिशत, मासु तथा माछाको मूल्यमा १.७ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १.२ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.२ प्रतिशत रहेकोछ । अघिल्लोवर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ९.७ प्रतिशत रहेको थियो । सेवा र शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.७ प्रतिशत, हिमालमा ४.२ प्रतिशत, तराईमा २.८ प्रतिशत, र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२.१ प्रतिशत, हिमालमा १०.० प्रतिशत, तराईमा १०.७ प्रतिशत र काठमाडौं उपत्यकामा १३.८ प्रतिशत रहेको थियो ।

२०७३ पुस महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२ प्रतिशत रहेकोमा नेपालको मुद्रास्फीति पनि ३.२ प्रतिशत नै रहेको छ । समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर शुन्य रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः १२.१ प्रतिशत र ५.७ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ६.४ प्रतिशत रहेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।