बैंकहरुको निक्षेपको तुलनामा कर्जा व्यापक,सेयर कर्जा ४० अर्ब नाघ्दा अन्य कति ?

Feb 17, 2017 merolagani

राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप गत बर्षको पुसको तुलनामा ७.२ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फकोे कर्जा १२.९ प्रतिशतले बढेको हो । गत पुसमा निक्षेप ६ प्रतिशत र कर्जा ५.८ प्रतिशतको वृद्धि थियो ।

वार्षिक बिन्दुगत आधारमा पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.८ प्रतिशतले बढ्दा निजी क्षेत्रततर्फ लगानीमा रही रहेको कर्जा ३२ प्रतिशतले बढेको छ ।

यता निक्षेप संकलनमा भने गत बर्ष पुसमा ८.६ प्रतिशत रहेकोमा हाल ८.२ प्रतिशतमा घटेको छ । बचतमा समेत एक दशमलव ७० प्रतिशतले घटेर ४२.१ प्रतिशतमा सिमित हुँदा तरलता अभावका कारण मुद्दतीको ब्याज बढाँउदा यसमा भने ३.५० प्रतिशतको वृद्धि भएर ३२.७ प्रतिशतमा निक्षेप बढ्न पुगेको छ ।

उता निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १४.८ प्रतिशत र विकास बैंकहरुको ६.२ प्रतिशतले बढ्दा वित्त कम्पनीहरुको ५.२ प्रतिशतले घट्न पुगेको छ ।

बैंक तथा वित्तिय संस्थाले गत आर्थिक बर्षको छ महिनाको अवधिको तुलनामा यस बर्षको सोही समयमा बैंक तथा वित्तीय संस्थाहरूले कुल लगानीमा रहेको कर्जामध्ये सेयर मार्जिन, ओभरड्राफ्ट, घरजग्गा तथा हायर पर्चेज तर्फको कर्जा उल्लेख्य विस्तार भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले अनुत्पादक क्षेत्रमा कर्जा बढाएकाले तरलता संकट आएको बताईरहेको बेला बैकहरुले गत बर्षको अर्धबार्षिक अवधिको तुलनामा अनुत्पादक क्षेत्रमा यो प्रतिशतले बढाएको देखिएको हो ।

जसमा सेयर मार्जीन कर्जामा ४७.८३ प्रतिशत, ओभर डाफ्ट कर्जा ३१.६७ प्रतिशत, घरजग्गा कर्जामा समेत ३०.७३ प्रतिशत र हायर पर्चेज कर्जा ६७.५७ प्रतिशतले बढेको देखिन्छ ।

गत बर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तिय संस्थाले कुल सेयर मार्जीन २७ अर्ब ६० करोड कर्जा लगानी गरेकामा यस बर्षको सोहि अवधिमा बढेर ४० अर्ब ८० करोड रुपैँया पुगेको हो । समिक्षा अवधिमा घरजग्गा कर्जा २१९ अर्ब रुपैँयाबाट बढेर २८६.३ अर्ब पुगेको देखिन्छ । जसमा एक करोड सम्मको आवासीय घरकर्जाको अंश १५.१ प्रतिशत रहेको छ ।

त्यस्तै विलासी सामान खरिद गर्न दिईने हायर पर्चेज कर्जा ८५.१ अर्ब रुपैँयाबाट १४२.६ अर्बमा पुगेको छ । यस अवधिमा ओभर डाफ्ट कर्जा ३१.६७ प्रतिशतले वृद्धि भएर ३४१.३ अर्ब रुपैँया पुगेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा गत बर्ष १३.४ प्रतिशतले घटेकोमा यो बर्ष ६.४ प्रतिशत अर्थात ४ अर्ब ६२ करोड रुपैँयाले बढेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।